काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट वाम गठबन्धनका चार जना कार्यकर्ता घाइते

  ०७४ मङ्सिर ९ गते

तामाकोशी गाउँपालिका-३ लाँकुरीडाँडामा नेपाली काङ्ग्रेसका कार्यकर्ताले मङ्सिर ९ गते बिहान ढुङ्गा प्रहार गर्दा वाम गठबन्धनका चार जना कार्यकर्ता घाइते भएको पीडित पक्षले आरोप लगाएको छ ।

निर्वाचन प्रचारप्रसारका क्रममा गइरहेको बेला एक्कासी काङ्ग्रेस समर्थकले आक्रमण गर्दा बाम गठबन्धनका चार जना कार्यकर्ता घाइते भएको जनाइएको छ ।

घाइते हुनेमा तामाकोशी गाउँपालिका-३ का बिकज पोखरेल, अनिश पोखरेल, खतरा रुम्बा र पुन्दरी पोखरेले रहेका छन् ।

घाइते वाम कार्यकर्ताहरूको उपचार स्थानीय स्तरमै भइरहेको एमाले कार्यकर्ता नविन नेपालीले जानकारी दिएका छन् ।

घटनास्थलमा सशस्त्र र जनपथ प्रहरीको टोली पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले बताए ।

मौन अवधिमा प्रचार गर्न नपाइने आचारसंहितामा उल्लेख भएको भएपनि आचारसंहिता विपरीत मतदातालाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन् ।


उद्धव पाखरेल