काङ्ग्रेस कार्यकर्ताको कुटपिबाट नेकपा एमालेका कार्यकर्ता घाइते
नेकपा एमालेका कार्यकर्ता अदानचुलि गाउँपालिका-३ का २२ वर्षीय कमल नेपाली, ३४ वर्षीय मोहन फडेर र सोही गाउँपालिका-२ का ३४ वर्षीय प्रमोद बोगटी, २० वर्षीय बसन्त बोगटी र २५ वर्षीय कले महतारालाई वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा आफूलाई मतदान नगरेको आरोपमा सोही गाउँपालिकामा काङ्ग्रेसको अध्यक्ष पदका उम्मेदवार ३८ वर्षीय लोकेन्द्र भण्डारीको नेतृत्वको टालीले जेठ २६ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
सोही गाउँपालिका-१ को थापा गाउँमा भएको दशरा पुणिर्माको मेला हेर्न गएपछि कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
कमल नेपाली र मोहन फडेराको अनुहारलगायत टाउकोमा चोट लागेपछि स्थानीय स्तरमा उपचार भइरहेको आफन्त दल फडेराले बताए । काङ्ग्रेस पार्टीका उम्मेदवारले निर्वाचनमा हारेको निहुँमा कुटपिट गरेको बुधे भण्डारीले आरोप लगाए ।
घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको माग गर्दै पीडित पक्षले श्रीनगर प्रहरी चौकीमा जेठ २७ गते उजुरी दिएको छ । उजुरीपछि दुवै पक्षलाई उपस्थिति गराई छलफल गर्ने श्रीनगर प्रहरी चौकीका इञ्चार्ज मोहन रावलले जानकारी दिए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…