काङ्ग्रेसको विजय जुलुशमा आक्रमण, चार जना घाइते
बृन्दावन नपा-९ का ६० वर्षीय शेख खैरूल्लाह, सोही ठाउँका शेख मेराजुल, शेख जाहिर र मोहम्मद सैमुल्लाहलाई असोज ७ गते दिउँसो एमाले कार्यकर्ताहरूले विजय जुलुश मनाइरहेको अवस्थामा आक्रमण गरी घाइते बनाए ।
बृन्दावन नपामा मेयर र उपमेयर दुवै पदमा नेपाली काङ्ग्रेसले जितेपछि निकालेको विजय जुलुशमा सहभागी हुन बाजागाजासहित नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू जुलुश लिएर विश्रामपुरतर्फ जाने क्रममा नेकपा एमाले कार्यकर्ताहरूले एमालेका मेयरका उम्मेदवार विनोद पटेलको घर अगाडि उनकै उपस्थितिमा आक्रमण गरी घाइते बनाएको नेपाली काङ्गे्रस रौतहटले आरोप लगाएको छ ।
एमालेका मेयर पदका उम्मेदवार विनोद पटेलको वडा नम्वर ५ स्थित हर्षाहाटोलमा रहेको घर नजिक भोजपुरी गीत बजाएर नाचगान गर्न थालेपछि दुवैपक्षबीच झडप भएको थियो । पटेलको घर नजिक पुगेको काङ्ग्रेसको जुलुशमाथि एमाले कार्यकर्ताहरूले बाँसको भाँटा सहित घरेलु हतियारबाट आक्रमणमा गरी कांगे्रसका चारजना कार्यकर्ताहरूलाई गम्भिर घाईते बनाएको नेपाली काँग्रेसका जिल्ला सभापति रामकृष्ण यादवले बताएका छन् ।
घाइतेहरूको टाउकोमा गम्भीर चोट लागेकाले चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
यसैगरी गढीमाइ नगरपालिमा नेपाली काङ्ग्रेसबाट मेयर श्याम यादव र उपमेयरमा सुभद्रा गुप्ता निर्वाचित भएपछि निकालिएको विजय जुलुशमा निकटदम प्रतिद्वन्द्वदी राजपाका मेयर पदका पराजित उम्मेदवार अब्दुलकलाम अजादका कार्यकर्ताहरूले आक्रमण गरेका छन् ।
गढीमाइ नपाको वडा नम्बर ५ गम्हरीया टोलमा नेपाली काङ्ग्रेसका पराजित वडा अध्यक्ष म रयाजुदीनको घरमा सहानुभूति स्वरूप विजय जुलुश लिएर गएका कार्यकर्तामाथि राजपाका कार्यकर्ताहरूले आक्रमण गरेका थिए ।
राजपाका मेयर उम्मेदवार र काङ्ग्रेसका पराजित वडा अध्यक्षका उम्मेदवारको घरसँगै जोडिएकोले काङ्ग्रेसको विजय जुलुश आफ्ना कार्यकर्ताको घरमा पुगेपछि राजपाका कार्यकर्ताहरूले भोजपुरी फिल्म किन बजाएको र जुलुश किन ल्याएको भन्दै जुलुशमा डिजे बाजा बजाइरहेका धुपलाल साह, प्रदीप साह तथा सहभागी कार्यकर्ता प्रमोद साह, शेख जमदार, शेख मोमताज र शेख रूस्तमालाई निर्घात कुटपिट गरेका छन् ।
राजपाका कार्यकर्ताको कुटाइबाट डिजे बाजा बजाउने प्रमोद र धुपलालको अवस्था गम्भीर रहेकाले हेल्थ लैण्ड अस्पतालमा लगी उपचार गराइएको र अहिले पनि उपचार भइरहेको गढीमाइ नपाका मेयर श्याम यादवले बताए ।
राजपाका कार्यकर्ताहरूले जुलुशमाथि आक्रमण गर्दै नेपाली काङ्ग्रेसका पराजित उम्मेदवार रयाजुदिनको घरमा समेत तोडफोड गर्न थालेपछि नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले राजपाका मेयर उमेदवार अब्दुल कलाम आजादको घरमा समेत तोडफोड गरेका छन् ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय र सशस्त्र वेश क्याम्प समनपुरको टोली परिचालन गरिएको जनाइएको छ । घटनाको विषयमा गहन रूपमा अनुसन्धान गर्न तथा आक्रमण गर्ने व्यक्तिहरूको खोजतलासको लागि प्रहरीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी उद्धव वहादुर थापाले बताए ।
विपिन गौतम
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…