काङ्ग्रेसका कार्यकर्ताद्वारा रेडियो पत्रकारलाई कुटपिट
रेडियो हापुरेका स्टेशन म्यानेजर तथा नेपाल पत्रकार महासङ्घ दाङ शाखाका साधारण सदस्य ३० वर्षीय बालकृष्ण पाण्डेलाई भदौ २२ गते नेपाली काङ्ग्रेसका बबई गाउँपालिकाका प्रमुख बलबहादुर बुढाले कुटपिट तथा दुर्व्यवहार गरेको पीडितले आरोप लगाएका छन् ।
बबई गाउँपालिकाले गरेका निर्णयमा असहमति जनाउँदै नेपाली काङ्ग्रेस बबई गाउँ समितिले भदौ २२ गते हापुरे बन्द आह्वान गरेको थियो । बबई गाउँपालिका-५ हापुरेबाट बजारमा रहेको रेडियो हापुरेमा जाँदै गरेका पत्रकार पाण्डेलाई बुढाले बन्दमा प्रेसलाई पनि छुट नहुने भन्दै हेलमेट खोसेर हेल्मेटले प्रहार गरेका थिए ।
विभिन्न अपशव्द प्रयोग गर्दै पत्रकार पाण्डेलाई कुटपिट गर्दै उनी सवार रा १ प ३९५९ नम्वरको मोटरसाइकलसमेत तोडफोड गरेको पीडितले बताए ।
कुटपिटबाट पाण्डेको टाउकोमा चोट लागेको र स्वास्थ्य चौकी पञ्चकुलेमा उपचार गराइएको पीडितले बताए ।
उक्त घटनाविरुद्ध इलाका प्रहरी कार्यालय खिलतमा उजुरी दिने तयारी भइरहेको पीडितले बताए । बबई गाउँपालिकाले भदौ ५ गते नीति कार्यक्रममार्फत हापुरेका विभिन्न स्थानको नामाकरण गरेको थियो ।
यसैबिच नेपाल पत्रकार महासङ्घ दाङ शाखाले भदौ २२ गते नै विज्ञप्ति जारी गरी पत्रकार पाण्डेमाथि भएको कुटपिट र दुर्व्यवहारको भत्सर्ना गरेको छ । शाखा अध्यक्ष सविन प्रियासनद्वारा जारी विज्ञप्तिमा 'बन्दमा पनि नागरिकलाई सुसूचित गर्नुपर्ने काममा रहेका पत्रकारलाई अवरोध सिर्जना गर्नु र कुटपिट गर्नु निन्दनीय कार्य हो । दोषीमाथि कारबाहीको माग गर्दछौ ।'-भनिएको छ । प्रेस चौतारी दाङका अध्यक्ष टिका बस्नेतले विज्ञप्ति निकालेर घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार गरेकाे भन्दै पीडितले सोहि दिन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार गरेको छ। आरोपित सहनिले ०८१…
बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला
उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३…
बलात्कार गरेको कसुरमा कैदको फैसला
७५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भदौ ३० गते खनियाबास गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला गरेको छ । न्यायधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद…
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ८ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ३१ गते ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बालकलाई ८…