कांग्रेस र एमाले कार्यकर्ताबिच झडप, एक जना घाइते

  ०७९ वैशाख १८ गते

चापाकोट नगरपालिका सु्न्तलीटारमा कांग्रेस र एमाले कार्यकर्ताबिच वैशाख १७ गते झडप हुँदा एक जना घाइते भएका छन् ।

चापाकोट नगरपालिका वडा ६ र ७ मा एमाले कार्यकर्ताहरु चुनाव प्रचार गरी फर्किरहेको क्रममा काग्रेस कार्यकर्ताहरुले उनीहरुमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय चापाकोटले जनाएको छ ।

आक्रमणमा खुकुरी प्रहार भइ घाइते भएका चापाकोट नगरपालिका–१० का २७ वर्षीय एमाले कार्यकर्ता नारायण मगरलाई उपचारको लागि पोखरा पठाइएको इलाका प्रहरी कार्यालय चापाकोटका इन्स्पेक्टर खडग नारायण शाहले जानकारी दिनुभयो ।

झडपमा खुकुरी प्रहार गर्ने कार्यकर्ता फरार रहेका छन् भने हालसम्म कसैको गिरफ्तारी नभएको उहाँले बताउनुभयो ।


इन्सेक, गण्डकी प्रदेश कार्यालय