कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ता बीच झडप, झडपमा परी एक जना बालक घाइते
के आइ सिह गाउँपालिका–५ रानागाउँमा नेपाली कांग्रेसका कार्यकर्ता र एकीकृत समाजबादी पार्टीका कार्यकर्ताहरु बीच वैशाख २७ गते साँझ झडप हँुदा स्थानीय धर्म भुलका पाँच वर्षीय छोरा कालु भुलको हात भाचिएको छ ।
नेपाली कांग्रेसका वडा सभापती गणेश शाही ,स्थानीय नेता कर्ण शाही र भरत शाहीले स्याला टोलमा मत मागिरहेको अवस्थामा एकीकृत समाजवादी निकट कार्यकर्ता रोषन मल्ल , बिरेन्द्र पार्की र जय भुल बीच विबाद हुँदा झडप भएको स्थानीय मष्टेश्वरी आधारभूत विद्यालयका प्रध्यानाध्यापक चेतबहादुर रावलले बताउनु भयो ।
कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताहरुको स्थानीय धर्म भुलको घरमा झडप भइरहको अवस्थामा धर्म भुलका पाँच वर्षीय छोरा कालु भुल हुलहालमा पर्दा हात भाचिएको हो ।
झडपमा परी नेपाली कांग्रेसका कार्यकर्ता योगेन्द्र शाही, ललीत शाही, कर्ण शाही र एकीकृत समाजवादीका कार्यकर्ता रोषन मल्ल र जय भुल सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका एसपी शारदाकुमार चौधरीले बताउनु भयो ।
नेपाली कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताको झडपका क्रममा हात भाचिएका पाँच वर्षीय बालकको सुजङ अस्पताल, दिपायलमा उपचारपश्चात घर ल्याइएको पीडितका बुवा धर्म भुले बताउनु भयो ।
अहिले दुबै पक्ष बिच निर्वाचनलाई शान्तिपूण वातावरणमा सम्पन्न गर्न दुबै पक्षबीच सहमति भएको र उपरान्त निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता सहित दुबै पक्षबीच मिलापत्र भएको जिल्ला प्रहरी कार्यालयका एसपी चौधरीले बताउनु भयो ।
गणेश जोशी
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…