कांग्रेस–माओवादी कार्यकर्ताबीच भएको झडपमा दुई जना घाइते

  ०७९ वैशाख २८ गते

बकैया गाउँपालिकामा स्थानीय निर्वाचनको प्रचारप्रसारको विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन भित्रै विवाद हुँदा झडप हुँदा दुई जना घाइते भएका छन् ।

झडपमा बकैया गाउँपालिका गाउँपालिका–७ कत्लेखोला निवासी माओवादी कार्यकर्ताा विष्णु राई र राप्रपा कार्यकर्ता हरि राई घाइते भएका हुछन् ।

नेपाली कांग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ता परिचालन गरी कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ तथा स्थानीय निर्वाचनको लागि बकैया वडा नंबर ७ की चुनावी संयोजक लक्ष्मी माझी ‘कृपा’ले जानकारी दिनुभयो ।

घाइते विष्णु र हरिको हेटौँडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे जानकारी दिँदै  जिल्ला प्रहरी कार्यालय प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले आफूहरुलाई दुवै पक्षको निवेदन आएको र घाइतेको उपचार पश्चात घटनाको विषयमा थप छानबिन हुने जानकारी दिनुभयो ।

ghaite

bakaiya kutpit


पुष्पराज अधिकारी