कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको छ ।
उक्त समूहले जेठ ८ गते राति ११ बजे पेट्रोल छर्केर लगाएको आगोले अन्नपात, लत्ताकपडा, झ्याल, ढोका, इलेक्ट्रोनिक सामान, नगद ५० हजार रुपियाँ गरी करिब १० लाख रुपियाँ बराबरको क्षति भएको लिखित उजुरीमा उल्लेख गरिएको पीडितले बताउनु भएको छ ।
मौखिक जानकारीका आधारमा इलाका प्रहरी कार्यालय हरकठवा र सशस्त्र प्रहरी बलबाट गएको सुरक्षाकर्मीको संयुक्त टोलीले स्थानीयबासी समेतको सहयोगमा दमकलको प्रयोग गरी आगजनी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनु भएको छ ।
पीडितको उजुरी पश्चात घटनामा संलग्न रहेको आशङ्काको आधारमा नेकपा माओवादी (केन्द्र)का कार्यकर्ता धनकौल गाउँपालिका–७ छतौलका ३२ वर्षीय सखिन्द्र यादवलाई जेठ ११ गते गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको पनि डिएसपी बुढाथोकीले बताउनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौँ माहानगरपालिका १४ कलङ्कीका २६ वर्षीय सुलभ क्षेत्री र सो घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका १८ वर्षीय प्रिन्स थपलिया र १९ वर्षीय रुस…
कथित बोक्सीको आरोपमा महिलामाथि कुटपिट
धर्मदेवी गाउँपालिका–२ तामाफोकी ३४ वर्षीया महिलालाई कथित बोक्सी आरोपमा कुटपिट गरिएको पीडित पक्षले आरोप लगाएको छ । कथित बोक्सी भन्दै महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले धर्मदेवी गाउँपालिका–२ का ३७ वर्षीय…
बलात्कार कसुरमा नौ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चक्रघटा गाउँपालिका–६ का ३२ वर्षीय विनोद मुखियालाई जिल्ला अदालत सर्लाहीले असार २० गते नौ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश टेकनाथ गौतमको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २१ गते)
असार २१ गते ७३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका पीडितलाई कानुनी प्रकृयामा लैजान इन्सेकको सहयोग
१७ वर्षीया एक बालिकालाई सामुहिक बलात्कार भएको घटनाका पीडितलाई कानुनी प्रकृयामा लैजान असार २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण…