कांग्रेस अधिवेशनको क्रममा निर्वाचन अधिकृतमाथि कुटपिट
मलङ्गवा नगरपालिका–८, सर्लाहीस्थित नेपाली कांग्रेसको वडा अधिवेशनका लागि निर्वाचन अधिकृत खटाउने विषयमा पार्टीका कार्यकर्ताबिच भएको झडपमा अधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृत दिवाकरराज पाण्डेलाई कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ ।
वडा अधिवेशनका लागि गरिएको छलफलका क्रममा मङ्सिर २ गते पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबिच पार्टी कार्यालय मलङ्गवामा झडप भएको थियो ।
सर्लाही जिल्लामा सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षधरका कार्यकर्ताबिच क्रियाशील सदस्यता वितरण देखिनैै विवाद रहँदै आएको केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।
आरोपितहरूले पाण्डेलाई कुटपिट गरी उहाँसँग रहेको निर्णय पुस्तिका, अन्य कागजातहरू र मोवाइल लुटेर लगेको पीडित पक्षको आरोप छ ।
उक्त घटनामा संलग्न व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि सम्बन्धित पक्षसँग जोडदार माग गरेको पार्टीका सर्लाही जिल्ला सभापति नागेन्द्रकुमार यादवले प्रेस विज्ञप्तिमार्फत आग्रह गर्नु भएको छ ।
कुटपिटका कारण सामान्य घाइते हुनु भएका पाण्डेको उपचार जिल्ला अस्पताल मलङ्गवामा सोही दिन गरिएको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९…
तीन बर्षदेखि सम्पर्कमा नआएका बुवाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन बर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न…
रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७…