कांग्रेसको वडा अधिवेशनमा झडप हुँदा दुई जना घाइते
बलरा नगरपालिका–९ स्थित अचलगढमा मङ्सिर १२ गते नेपाली कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा भएको झडपमा दुई जना घाइते भएका छन् ।
प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्रप्रसाद सिंहका पिएसओ बलरा नगरपालिका–४ निवासी ३२ वर्षीय रामचन्द्र खडका र बलरा नगरपालिका–९ निवासी कांग्रेस कार्यकर्ता ३७ वर्षीय रामचन्द्र महतो घाइते भएको खेलकुद मन्त्री सिंहले जानकारी दिनु भएको छ ।
वडा अधिवेशनका सम्बन्धमा छलफल भइरहेका बेला प्रदेश मन्त्री सिंह पुगे पश्चात उहाँले असन्तुष्टि जनाएपछि दुई पक्षबिच विवाद हुँदा प्रदेश मन्त्रीका अङ्गरक्षकले हवाई फायर गरेको स्थानीय कार्यकर्ता राम सिंहको आरोप छ ।
वडा अधिवेशनमा धाँधली भएको भनेर विरोध गरेपछि सांसद अमरेशकुमार सिंहका तर्फबाट आफूसहित पिएसओमाथि रडले आक्रमण गरेको र आक्रमणमा परी पिएसओ खडकासहित दुई जना घाइते भएको प्रदेश मन्त्री विरेन्द्रप्रसाद सिंहले बताउनु भयो ।
टाउकोमा चोट लागेका दुवै जनाको उपचार जिल्ला अस्पताल मलङ्गवामा मङ्सिर १२ गते गरिएको छ ।
बुधन साह
सम्बन्धित समाचारहरू
मतदान अधिकृतको राजीनामापछि मतगणना वा मतदान अन्यौलमा
मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै जेठ १ गते राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ मा मतगणना गर्ने वा पुनः मतदान गर्ने विषयमा अन्यौलता छाएको छ । वैशाख ३०…
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…