कांग्रेस कार्यकर्ताद्धारा स्टेज तोडफोड गरेको आरोप

  ०७७ असोज २२ गते

म्याङलुङ नगरपालिका– ८ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीले असोज २० गते हुने कार्यक्रमका लागि तयार गरेको स्टेज नेपाली कांग्रेसका कार्यकर्ताले असोज १९ गते राति तोडफोड गरेको आरोप नेकपा वडा कमिटिले लगाएको छ ।

नेकपा वडा कमिटीले असोज २० गते आयोजना गर्न लागेको जनप्रतिनिधि र नगरवासीबिच अन्तरक्रिया कार्यक्रमको लागि तयार गरिएको स्टेज नेपाली कांग्रेसका कार्यकर्ताले तोडफोड गरेको आरोपमा नेकपा वडा कमिटी आम्बुङले असोज २१ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको छ ।

राजनैतिक दलले सभासम्मेलन गर्न पाउने अधिकार भए पनि प्रतिपक्षी दलले कार्यक्रमको लागि तयार गरिएको स्टेज र दुई ओटा मोटरसाईकलमा तोडफोड गरेको नेकपा वडा कमिटी सदस्य दीपेन्द्र लिम्बूले बताउनु भयो ।

बा ८७ प ७७०८ युवराज श्रेष्ठको र को २५ प १८६१ कुमार श्रेष्ठको मोटरसाइकल तोडफोड भएको पीडित पक्षको उजुरीमा उल्लेख छ ।

पीडित पक्षको उजुरी पछि घटनाका विषयमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।


भगिश्वर लिम्बु