काँग्रेसले आचारसंहिता उल्लङ्घन गरेको भन्दै एमालेद्वारा उजुरी
नेकपा एमलेले सुनकोसी गाउँपालिकामा आचासंहिता विपरीत प्रचार सामग्री टाँसेको आरोपमा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार गोविन्द तामाङ्ले उजुरी गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा असार १ गते दर्ता उजुरीमा सुनकोसी गाउँपालिकाको सार्वजनिक स्थलमा निर्माण भएका घर टहरामा झण्डा, पोष्टर र व्यानर टाँसेर आचारसंहिता उल्लङ्घन गरेको उल्लेख छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरिएको उजुरीमा आचारसंहिता विपरीत सार्वजनिक प्रयोजनका हाटबजारका लागि निर्माण गरिएका भवनहरूमा पोष्टर, पर्चा र झण्डा राखिएकाले कारबाही गर्न माग गरिएको छ । एमाले वडा अध्यक्ष तामाङले सार्वजनिक स्थलको दुरूपयोग भएकाले उजुरी गरेको इन्सेक प्रतिनिधिलाई बताए ।
उजुरी अध्ययन गरेर आचारसंहिता अनुगमन अधिकारीलाई कारबाहीका लागि निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावलीले बताए ।
जिल्लामा सर्वदलीय बैठकले आचारसंहिता उल्लङ्घन नगर्ने निर्णय गरे पनि दलका उम्मेदवारहरूले टोपी, टिसर्ट लगाउने, योजना दिन्छु भन्दै भोट फकाउने गरेका छन् ।
यस्तै सिद्धिचरण नपा-५ मा नेपाली काङ्ग्रेसले विभिन्न आयोजनाको खर्च विवरण राखिएका वोर्डमा पर्चा टाँसेको पाइएको छ ।
शिवप्रसाद ढुंगाना
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…