काँग्रेसका वडाध्यक्ष उम्मेदवारले कार्यकर्ता कुटेको आरोप
चन्दननाथ नगरपालिका–८ बाट काँग्रेसका वडाध्यक्ष उम्मेदवार रुपबहादुर रोकायाले पार्टीभित्र अन्तरघात गरेको आरोपमा सोही ठाउँका काँग्रेस कार्यकर्ता कुमार शाही र कमल बोहरालाई वैशाख ३१ गते घरभित्र थुनेर कुटपिट गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएका छन् ।
काँग्रेसका वडाध्यक्ष उम्मेदवार रोकायाले पार्टीभित्र अन्तरघात गरी भोट नहालेको र धोका दिएको भन्दै कुटपिट गरेको कुमारबिक्रम शाहीले आरोप लगाउनु भएको छ । घाइतेको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भइरहेको छ ।
वडाध्यक्षका उम्मेदवार रोकायाका भाई कृष्ण रोकाया, सोही वडाका बसन्त धराला, देवि धराला, बिर्ख रोकाया सहितका व्यक्तिले सामुहिक रुपमा कुटपिट गरेका भन्दै पीडित पक्षले जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा घाउकेस जाँच तथा कारवाही गरीपाँऊ भन्दै निवेदन दिएको उहाँले जानकारी दिनु भएको छ ।
उहाँले भन्नु भयो “आफ्नो नेता तथा उम्मेदवार (रुपबहादुर रोकाया) लाई सहयोग गर्न भन्दै भारतबाट जुम्ला आए । तर पार्टीमा अन्तरघात गरेको भोट नहालेको आरोपमा कुटाई खानु प¥यो ।”
वडाध्यक्ष उम्मेदवार रोकायाले फोन गरेर काम छ भन्दै बोलाए । आफूसहित चार जनाको संख्यामा रहेका व्यक्तिले उमगाडमा पु¥याई कुटपिट गरेको र पछि घरमा छलफल गरौला भन्दै घरभित्र थुनेर सामुहिक रुपमा कुटपिट गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएका छन् ।
आफुलाई भोट किन नहालेको भन्दै धन्नै मारिसकेका थिए, ज्यान जोगाईदिन भन्दै कमल बोहरा र घाइते कुमार विक्रम शाहीका पत्नी नानु शाही जिल्ला प्रहरी कार्यालय पुग्नु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते कुमार विक्रम शाहीको घाउ केस जाँच गर्न अस्पतालमा पठाईएको र घटनाको अनुसन्धान गरिने बताएको छ ।
वडाध्यक्षका उम्मेदवार रोकायाले भने अन्तरघात गरेको शंका लागेपछि कुटपिट गरेको होइन । गाली गरेको हुँ । निर्वाचन अघि सहयोग समर्थन गरौला भनेर वडाध्यक्षको उम्मेदवार बनाउने । अन्तमा आएर अन्तरघात गर्न खोजेपछि रिसको आवेगमा गाली गलोज गरेको हुँ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६…