काँगेस र माओवादी कार्यकर्ता बीच झडप, ६ जना घाइते
तातोपानी गाउँपालिका–३ तिलाकोटस्थित मतगणना स्थल नजिक काँग्रेस माओवादी केन्द्रका कार्यकर्ता बीच झडप हँुदा ६ जना घाइते भएका छन् ।
घाइते हुनेमा सोही वडाका २४ वर्षीय प्रेमसागर रावल, ५० वर्षीय रामदेवि रावल, १८ वर्षीय धर्मराज रावल, २१ वर्षीय अजित कामी र २१ वर्षीय प्रकाश सुनार रहेका छन् । सोही गाउँपालिका १ वाईराका १५ वर्षीय गणेश शाही पनि घाइते भएका छन् ।
घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा उपचार भइरहेको छ । प्रेमसागरको टाउको, गणेशको टाउको, रामदेविको वाया खुट्टा, धर्मराजको बाँया कान र आखा नजिक, अजितको ढाड र प्रकाशको टाउकोमा चोट रहेको अस्पताल प्रहरी यूनिटले जनाएको छ । घाइते मध्ये प्रेमसागर रावल र गणेश शाही अस्पतालबाट डिस्चार्ज भएको डिएसपी नरेन्द्र चन्दले बताउनु भयो ।
मतगणनाको विषयलाई लिएर माओवादी केन्द्र र नेपाली काँग्रेस कार्यकर्ताबीच विवाद भई ढुंगा हानाहान भएपछि केही समय मतगणना कार्य प्रभावित भएको थियो ।
तातोपानी गाउँपालिका–३ को वडाध्यक्षसहितको मतगणना नतिजा सार्वजनिक भएपछि माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ता तथा समर्थकबीच विवाद भएको हो । विवादका क्रममा माओवादी पक्षले ढुंगा प्रहार गरेको काँग्रेस कार्यकर्ताको आरोप छ ।
वडाअध्यक्षमा नेपाली काँग्रेसका गोकर्ण रावल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा रावलले ४ सय ३३ मत प्राप्त गरी विजयी भएका छन् भने माओवादीका उम्मेदवार डिल्ली रावलले ३ सय ६४ मत प्राप्त गरेका छन् ।
वडाध्यक्षमा पराजित माओवादीका उम्मेदवार डिल्ली रावलसहित ८ जनालाई पक्राउ गरिएको डिएसपी चन्दले बताउनु भयो । उहाँले भन्नुभयो घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…