कसुरदारका आफन्तले दुर्व्यवहार तथा धम्की दिने गरेको पीडित परिवारको गुनासो
मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीलाई ०७७ असोज १० गते बलात्कारपछि हत्या घटनाका कसुरदार मष्टा गाउँपालिका–२ का १८ वर्षीय राजेन्द्र बोहराका आफन्तले आफूहरुलाई विभिन्न समयमा धम्की दिदै आएको पीडित परिवारले गुनासो गर्नु भएको छ ।
बलात्कार गरी हत्या गरेको कसुरमा बाल सुधार गृहमा राखिएका १८ वर्षीय राजेन्द्रका आफन्त जुस्या भनिने रवि बोहराले असार २२ गते राति त डुमका कारण मेरो परिवारलाई बिना कारण कार्वाही भयो भनेर सम्झनाका हजुरवुबा गोरख कामीलाई कुटपिट तथा दुर्व्यवहार गरिएको पीडितका आफन्त इश्वर बि.क.ले इन्सेक प्रतिनिधिसँग फोनमा बताउनु भयो ।
बलात्कारपछि हत्या गरिएकी सम्झनाका काका विकास बिकले कसुरदार बोहराका परिवारका सदस्यहरुले आफूहरुलाई पटक पटक धम्की दिने, हातपात गर्ने र घर मै आएर कुटपिट गर्ने गरेको समेत दुखेसो पोख्नु भयो ।
०७९ असार २२ गते अपशब्द प्रयोग गरी हातपात समेत गरिएकोले रवि बोहराका विरुद्ध पीडित पक्षले असार २३ गते मष्टा गाउँपालिकाको न्यायीक समितिमा उजुरी दिएका थिए ।
पीडित परिवारलाई गालिगचौज तथा हातपात गरेको उजुरी न्यायीक समितिमा आएपछि दुबै पक्षलाई असार २३ गते कार्यालयमा बोलाएर छलफल गर्दा आरोपित बोहराले आफू भारतमा रहेकाले घटनाको वास्तविकता थाहाँ नहुँदा गालिगलौज गरेको स्विकार गर्दै उपरान्त गल्ती नगर्ने भन्दै माफी मागेपछि मिलापत्र भएको मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
सम्झनाका काका विकास विकले बेलाबखत आफूहरुलाई कुटपिट, गालिगलौज र धक्की दिइदै आइएकोले त्रसदीपूर्ण जिवन बाँच्नु परेको बताउनु भयो ।
दुई वर्ष अगाडी सम्झना कार्मीलाई बलात्कार गरी हत्या गरिएको थियो । बलात्कारपछि हत्या गरेको कसुरमा १८ वर्षीय बोहरालाई जिल्ला अदालतको आदेशमा बाल सुधार गृह, डोटीमा राखिएको छ ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…