कर्मचारी नहुँदा गाउँघर क्लीनिक तीन महिनायता बन्द, सेवाग्राही मर्कामा
सुनकोशी गाउँपालिकाको –१ को बलखु स्वास्थ्य चौकी र प्रसुति गृहमा कर्मचारी अभाव हुँदा सो वडामा तीन महिनादेखि गाउँघर क्लीनिक बन्द भएको छ ।
गाउँघर क्लिनिकमा बच्चाको नियमित खोप, औषधि वितरणलगायतका सेवा प्रवाह हुँदै आएपनि ०७६ असोजदेखि यो सेवा बन्द छ । स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि उपचार तथा प्रसुति गराउन समस्या हुँदा सेवाग्राही मर्कामा परेको स्थानीय शेरबहादुर राईले बताउनुभयो । उहाँले गाउँमै पाउने खोप तथा परिवार नियोजनका साधन स्वास्थ्य संस्थामा धाएर लिनु पर्ने बाध्यता रहेको बताउनुभयो । स्वास्थ्य चौकीमा एक जना मात्र करारका कर्मचारी रहेकाले प्रसुति गृहमा प्रसुति गराउन पुग्ने सेवाग्राही महिलाहरू समस्यामा पर्ने गरेका छन् ।
स्वास्थ्य संस्थामा दरबन्दी तोकिए पनि कर्मचारी नहुँदा बिरामीको उपचारमा समस्या भएको हो । स्वास्थ्य चौकीमा अनमी, अहेव, हेल्थ असिस्टेन्स गरी ३ जना र प्रसुति गृहमा तालिम प्राप्त दुई जना नर्सिङ्ग कर्मचारी हुनु पर्छ । तर, बलखुमा एक जना करारका कर्मचारी मात्रै छन् । प्रसुति गृहमा आउने महिलालाई पनि तालिम नलिएका कर्मचारीले परामर्श दिने गरेकाले सुत्केरीको जीवन जोखिममा परेको स्थानीय मनिल राईले गुनासो गर्नुभयो ।
तीन जना कर्मचारी समायोजन भई अन्यत्र गएपछि करारकी स्वास्थ्यकर्मी शशी ढकालले स्वास्थ्य चौकी र प्रसुतिगृहमा एक्लैले सेवा प्रवाह गरीरहनु भएको छ । प्रसुति गृह २४ सै घण्टा सञ्चालन गर्नुपर्छ । रिक्त दरबन्दीमा नयाँ कर्मचारी नआउँदा ०७६ असोज देखि स्वास्थ्य चौकीमा बिरामी जाँच्ने, औषधि दिने र प्रसुति गराउने काम एक्लैले धान्नु परेको ढकालले गुनासो गर्नुभयो । प्रसुति गराउन दक्ष सहयोगी आवश्यक पर्ने भए पनि जोखिमपूर्ण अवस्थामा सेवा प्रवाह गर्दै आएको उहाँको भनाइ छ ।
प्रसुति गराउँदा अत्याधिक रक्तश्राव हुने, सुत्केरी बेहोस हुने जस्ता समस्या आएको समयमा स्वास्थ्यकर्मीलाई समस्या हुने गरेको छ । उहाँले भन्नुभयो, ‘बच्चा जन्मेपछि एक जना महिलालाई अत्याधिक रक्तश्राव भयो, समस्या समाधान गर्न म एक्लैलाई धेरै गाहृो भयो ।’ उहाँले भन्नभुयो ‘एक दिन हात काटेको बिरामीको घाऊ स्टिच गर्न आधा छोडेर प्रसुति गृहमा राखिएकी महिलालाई प्रसुति गराउन दौडनु पर्यो, निकै चुनौती छ ।’ स्वास्थ्यकर्मी व्यवस्थापन गरिदिन उहाँले गाउँपालिकासँग अनुरोध गर्नुभयो ।
स्वास्थ्यकर्मी नभएकै कारण हरेक महिना बलखु स्वास्थ्य चौकीबाट वडाका तीन ठाउँमा सञ्चालन हुँदै आएको गाउँघर क्लिनिक अहिले बन्द छ । स्वास्थ्य चौकीमा दैनिक १५जनादेखि २० जना बिरामीहरू उपचारका लागि आउने गरेको अभिलेख छ । महिनौँ देखि स्वास्थ्य चौकीमा कर्मचारी अभाव हुँदा पनि जनप्रतिनिधिहरूले पहल नगरेको स्थानीयको आरोप छ ।
गाउँपालिकामा समायोजन भएका कर्मचारीहरू समयमै नआएका कारण समस्या भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले समायोजन भएर आएका स्वास्थ्यकर्मीहरूको संख्या कम रहेको र भएका सरूवा भएपछि समस्या भएको बताउनुभयो ।
समायोजन भए पनि हाजिर हुन आएका छैनन् । जनप्रतिनिधिले मन्त्रालयको लापरबाही भएका कारण स्थानीय तहले आशातीत सेवा प्रवाह गर्न नसेको बताउँदै आएका छन् । स्वास्थ्य मन्त्रालयको लापरबाही कारण जनताले सास्ती भोग्नु परेको अध्यक्ष अधिकारीको आरोप छ । बलखुका अतिरिक्त गाउँपालिकामा रहेका पाँच ओटा स्वास्थ्य चौकी र चार ओटा प्रसुति गृहमा स्वास्थ्यकर्मीको अभाव छ ।
शिवप्रसाद ढुङ्गाना
सम्बन्धित समाचारहरू
छात्रावासमा मृत भेटिएका बालकको घटनामा छानबिन गर्न सञ्जालको माग
वीरेन्द्रनगरस्थित उषा बालबाटिका विद्यालयको छात्रावासमा मृत भेटिएका बालकको घटनाको छानबिन गर्न मानव अधिकार रक्षक सञ्जालले माग गरेको छ । कर्णाली प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालका संयोजक पीताम्वर ढकालको अध्यक्षतामा…
प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेको आरोप
मिर्चैया नगरपालिका–१० का १३ वर्षीय बलकलाई प्रधानाध्यापक चन्द्रदिप साहले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । मिर्चैया नगरपालिका–७ स्थित अक्षर पाठशालाका प्रधानाध्यापक साहले ०८० असोज १२ गते पाइपले कुटपिट…
मानव अधिकार उल्लङ्घनका विषयलाई साझा मुद्दा बनाउन आवश्यक : अध्यक्ष अर्याल
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष डा. कन्दन अर्यालले मानव अधिकार उल्लङ्घनका विषयलाई पत्रकार र मानव अधिकार रक्षकले साझा मुद्दा बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले इन्सेकको आयोजनामा असोज १४…
इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : खाद्य संस्थानले फिर्ता गर्यो कुहिएको चामल
नाम्खा गाउँपालिका–५ को मुचु गाउँमा असोज ५ गते बिक्री भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लालले फिर्ता गरेको छ । इन्सेक अनलाइनमा असोज १० गते खाद्य व्यवस्था…
स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य
जिल्ला सदरमुकाम सिलगढीमा रहेका स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य भएका छन् । पानीको मुहान र उपभोक्ताको पाइपसम्म आउने पानीको परीक्षण गर्दा पानीमा कोलिफम (हानिकारक कीटाणु) भेटिएको भए पनि लामो…