कर्मचारी धर्नामा बस्दा सेवाग्राही सेवाबाट बञ्चित

  ०७९ माघ २४ गते

सिम्रोनगढ नगरपालिकाको स्वस्थ्य शाखाका कर्मचारीहरू धर्नामा बसेपछि लाभार्थीहरू स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । सिम्रोनगढ नगरपालिकाको स्वस्थ्य शाखाले माघ १६ गते नगर अस्पताल सिम्रोनगढमा (बहिरगं) ओपीडी सेवा मात्र सञ्चालन गर्ने अरु सेवा बन्द गर्ने सूचना टाँस गरेपछि कर्मचारीहरू अस्पतालमा तालाबन्दि गरि धर्नामा बसेका छन् । अस्पतालमा रहेका ३० जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरू मध्ये २४ जनाले माघ १६ गते देखि अस्पतालमा तालाबन्दि गरि धर्नामा बसेकोले अस्पतालले प्रदान गर्दै आएको सम्पूर्ण सेवाहरू बन्द भएको नगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट जितेन्द्र यादवले बताउनुभयो । उहाँले नगर अस्पतालमा दैनिक एकसय देखि १ सय २५ जना सेवाग्राहीहरू स्वास्थ्य सेवा लिन आउने गरेको बताएनुभयो । उनले नगर अस्पताल बन्द भएकाले अति विपन्न र गरिब परिवालाई बढीसमस्या भएको बताउनुभयो ।

सिम्रोनगढ नगरपालिका–११ भगवानपुर टोलका २५ वर्षीय आकाशकुमार गुप्ताले ६६ वर्षीय पिता भागरित साहलाई माघ २१ गते कुकुरले टोकेकाले एन्टि रेवीज सुइलीन लगातार तिन दिन देखि नगर अस्पताल आएर पनि सुई लगाउन नपाएको र उहाँसगै नगरअस्पतालमा उपचार गराउन आएका पाँचजना बिरामीले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाराका जिल्ला प्रतिनिधि भोलानाथ पौडेललाई निवेदन दिएर पहल गरिदिन अनुरोध गर्नुभयो ।

सिम्रोनगढ नगरपालिका–११ भगवानपुरका २५ वर्षीय सुरेश गुप्ताले ६० वर्षीया आमा ममता देवीको उपचार गर्न माघ २३ गते नगर अस्पतालमा आउदा अस्पतालमा ताला लागेको र बाहिर उपचार गर्न पैसा नभएकाले समस्या परेको बताउनुभयो ।

त्यस्तै सिम्रोनगढ नगरपालिका–८ कचोर्वाका २२ वर्षीय उपेन्द्र मल्लिकको पत्नी २० वर्षीया आदतीदेवी मल्लिकलाई माघ १७ गते कुकुरले टोकेकाले एन्टि रेवीज सुई लगाउन अस्पताल आएकोमा अस्पताल बन्द भएकाले समस्या भएको बताउनुभयो ।

सिम्रोनगढ नगरपालिका–१ बैरियाकी ७१ वार्षीया बच्चि देवी यादवले माघ १५ गते थाइराइड परीक्षण गराएकोमा अहिले सम्म परीक्षण प्रतिवेदन नपाएकाले औषधि खान समस्या भएको बताउनुभयो ।

सेवाग्राहीको निवेदन प्राप्त भएपछि जिल्ला प्रतिनिधि भोलानाथ पौडेलले नगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट जितेन्द्र प्रसाद यादव, नगर प्रमुख किशोरीप्रसाद जयसवाल, नगर उप प्रमुख नजमुशेहर आन्दोलनरत कर्मचारीसँग भेट गरि नगर अस्पतालको लाता खोल्नका लागि पहल गर्नुभएको छ । नगर प्रमुखले ताला खोलि ओपीडी सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले कर्मचारी अभाव भएकाले कर्मचारी राख्ने प्रक्रिया पु¥याउन समय लाग्ने बताउनुभयो । उहाँले स्वास्थ्यकर्र्मी र औषधि व्यवस्थापन गर्न प्रतिबद्ध भएपनि केही समय लाग्ने बताउनुभएको छ ।

कोभिड–१९ रोगसँग लड्न दुई कराडको लगानीमा नगरपालिकाको कार्यालयले आफ्नै लगानीमा १२ कोठाको नगर अस्पताल बनायो । नगरबासीलाई सुलभ र छिटो स्वास्थ्य सेवा दिन १५ शैयाको अस्ताल बनाएर सञ्चालनमा ल्यायो । यस अस्पतालमा एमबीबीएस चिकित्सक, प्राविधिक, स्वास्थ्यकर्मी, लगायत ३० जनाले सेवा दिइरहेका थिए । एक दिनमा एकसय देखि एकसय पच्चि जना सेवाग्राहीले सेवा लिइरहेको नगर अस्पतालको रेकर्डमा रहेको छ । नगरपालिकामा यस्तो गुणस्तरको सेवा दिने प्राथमिक स्वास्थ्य चौकी वा कुनै स्वास्थ्य संस्था छैन । नगर अस्पताल खुले पनि २४ सै घण्टा सेवा दिने नगर अस्पतालको फार्मेसी सेवा बन्द भएकाले कहिले खुल्छ अन्यौल छ । अस्पतालको प्रयोगशाला, एक्सरे, फार्मेसी, आकस्मिक सेवा लगायत सबै सेवा बन्द भएकाले नागरीकको उपचारमा समस्या भएको छ । सर्पदंश, एन्टी रेवीज, भ्याक्सिन, प्रसुतीसेवा र अक्सिजन सेवा बन्द भएको छ । नगरपालिकाको कार्यालयले नेपालको संविधान २०७२ ले नागरिकलाई दिएको स्वास्थ्य अधिकारको हनन् गरेकाले मानवअधिकार क्षेत्रमा सेवा गरिरहेको आनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको स्थानीय नागरिकले ध्यानाकर्षण गराउनुभएको छ ।

 


भोलानाथ पौडेल