कर्मचारी कुटपिट घटनाका दोषीलाई कारबाहीको माग
खाँदवारी नगरपालिका-८ स्थायी घर भइ नेपाल विद्युत प्राधिकरण कार्यालय, सङ्खुवासभाको शाखा कार्यालय मादीमा इञ्चार्जका रूपमा कार्यरत ३५ वर्षीय राजकुमार राई र मादी नगरपालिका-७ का ३० वर्षीय प्रदीप जिमीलाई कुटपिट घटनाका दोषीलाई कारबाहीको माग गरिएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, निजामती जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीलाई दोषीलाई कारबाही माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
नेपाल विद्युत प्राधिकरण कार्यालय, सङ्खुवासभामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
विद्युत महशुल नतिरेपछि लाइन काटेको र लाइन जोड्न धम्की दिदै मादी नगरपालिका-४ ओखरबोटका लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बूले शाखा कार्यालय मादीका इञ्चार्ज राजकुमार र कार्यगत तालिममा खटिएका विद्यार्थी प्रदीप जिमीमाथि कुटपिट भएको थियो ।
विद्युत महसुल नतिरेर ०८१ साउन १४ गते लाइन काटिएको बिषयमा विवाद हुँदा नेपाल विद्युत प्राधिकरण वितरण शाखा कार्यालय मादीका इञ्चार्ज राई र ओजेटिमा खटिएका विद्यार्थी जिमीलाई कुटपिट भएको थियो । कार्यालय परिसरमा प्रवेश गरेर कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, निजामती जिल्ला कार्यसमितिका अध्यक्ष भोलामान राईले बताउनु भयो ।
कार्यालय परिसर भित्रै पसेर कर्मचारीमाथि कुटपिट गरिनु दुखद विषय भएको अध्यक्ष राईले बताउनु भयो । कर्मचारीहरूमाथि कुटपिटका घटनाले सेवा प्रवाहमा समेत गम्भीर असर पर्ने अध्यक्ष राईको भनाइ छ । क्रसर सञ्चालन लिङ्थेपले मादी शाखामा यसअघि पनि दुई जना कर्मचारीमाथि कुटपिट तथा धम्की दिएका थिए ।
कर्मचारीमाथि कुटपिट गर्ने दोषीमाथि कडा कारवाहीको माग गर्दै साउन २१ गते नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएको अध्यक्ष राईले बताउनु भयो । कर्मचारीमाथि कुटपिटमा संलग्न जोकोही भएपनि कारवाही हुने गरिने जिल्ला अधिकारी खड्काले बताउनु भयो । कुटपिटमा संलग्नलाई गिरफ्तार गरी कारवाही हुनेमा ढुक्क हुन प्रमुख जिल्ला अधिकारी खड्काले कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।
मादीका लक्ष्मण लिङ्थेपको क्रसर उद्योगले ६ लाख ४० रुपियाँ बक्यौता नतिरेपछि नेपाल विद्युत प्राधिकरणले लाइन काटेको थियो । कर्मचारी माथि कुटपिट गरेको आरोपमा लिङ्थेप र लिम्बूविरूद्ध साउन १५ गते इलाका प्रहरी कार्यालय चैनपुरमा अभद्र वयवहार शीर्षकमा मुद्दा दर्ता भएको इन्स्पेक्टर बाबुराम कार्कीले बताउनु भयो । उजुरी लगत्तै फरार भएका आरोपितको खोजी भइरहेको इलाका प्रहरी कार्यालय, चैनपुरले जनाएको छ ।
कर्मचारी सङ्गठनले विज्ञप्ति निकालेर घटनाको विराेध गर्नुका साथै सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको छ ।
कर्मचारीमाथि कुटपिट भएपछि मादीमा रहेको शाखा कार्यालय साउन १५ गतेदेखि बन्द रहेको नेपाल विद्युत प्राधिकरण शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले बताउनु भयो । उक्त शाखा कार्यालयमा ६ जना कर्मचारी कार्यरत थिए । मादीमा रहेको शाखा कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन् ।
भविन कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…