कर्मचारी कुटपिट घटनाका आरोपितविरूद्ध मुद्दा दर्ता
खाँदवारी नगरपालिका-८ स्थायी घर भइ नेपाल विद्युत प्राधिकरण कार्यालय, सङ्खुवासभाको शाखा कार्यालय मादीमा इञ्चार्जका रूपमा कार्यरत ३५ वर्षीय राजकुमार राई र मादी नगरपालिका-७ का ३० वर्षीय प्रदीप जिमीलाई कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।
प्राधिकरणका दुई जना कर्मचारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ४० वर्षीय लक्ष्मण लिङ्थेप र ३३ वर्षीय हर्कहाङ लिम्बूविरूद्ध इलाका प्रहरी कार्यालय, चैनपुरमा मुद्दा दर्ता गरिएको छ ।
कर्मचारी कुटपिटका घटनाका आरोपितविरूद्ध ०८१ साउन १५ गते मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय, चैनपुरका इन्स्पेक्टर बाबुराम कार्कीले बताउनु भयो । आरोपितविरूद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरिएको इन्स्पेक्टर कार्कीले बताउनु भयो । प्रहरीको उजुरीलगत्तै आरोपित फरार भएको प्रहरीले जनाएको छ ।
विद्युत लाइन काटिएको विषयमा विवाद हुदाँ नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय, मादीमा कार्यरत राजकुमार राई र प्रदीप जिमीलाई साउन १४ गते गाली गलौज, हातपात तथा कुटपिट भएको थियो ।
लक्ष्मण लिङ्थेपको क्रसर उद्योगले ६ लाख ४० रुपियाँ बक्यौता नतेरेपछि नेपाल विद्युत प्राधिकरणले लाइन काटेको नेपाल विद्युत प्राधिकरण कार्यालय, संखुवासभाका प्रमुख शत्रुधन यादवले बताउनु भयो । लिङ्थेपले घर निर्माणका क्रममा पुन लाइन जडानका लागि दवाब दिने गरेका थिए । कर्मचारीमाथि कुटपिट भएपछि मादीमा रहेको शाखा कार्यालयमा साउन १५ गतेबाट बन्द रहेको नेपाल विद्युत प्राधिकरण कार्यालयका प्रमुख यादवले बताउनु भयो । उक्त शाखा कार्यालयमा ६ जना कर्मचारी कार्यरत थिए ।
मादीमा रहेको शाखा कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । कर्मचारीमाथि कुटपिट भएपछि शाखा कार्यालय मादीमा कार्यरत अन्य कर्मचारीहरु डरले कार्यालय बन्द गरेर सदरमुकाम सरेका छन् ।
भविन कार्की
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…