कर्मचारी कुटपिट घटनाका आरोपित वडाध्यक्षविरुद्ध उजुरी

IMG-20231026-WA0001

वीरगंज महानगरपालिकाकाे सरसफाइ शाखामा कार्यरत ट्याक्टर चालक वीरगंज महानगरपालिका-१ छपकैया का ३१ वर्षीय नेक महमदलाई वीरगंज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीले कुटपिट गरेको आरोपमा पीडितले ०८० कात्तिक ६ गते जिल्ला प्रहरी कार्यालयमा उजरी दिनु भएको छ ।

"बाटोघाटो सरसफाइ गर्ने क्रममा कात्तिक ५ गते राती साढे दश बजे वडाध्यक्ष चतुर्वेदीले मादक पदार्थ सेवन गरेका वडाध्यक्ष चतुर्वेदीले वीरगंजको आदर्शनगरमा आइतबार राती महानगरपालिकाको ना १ ८२६१ नम्बरको ट्याक्टर रोकाइ सरसफाइकाे काम बन्द गर भन्दै गालीगलाैज गर्नुकाे साथै हेलमेट र मोबाइल प्रहार गरी टाउको फुटाई  दिएकाे", पीडितले भन्नु भयाे ।

पीडितको वीरगंजस्थित नारायणी अस्पतालमा उपचार गरिएको छ ।

महानगरपालिकाकाे ट्याक्टर चालकलाई कुटपिट गरेको थाहा पाएलगत्तै घटनास्थलमा पुगेको महिला सफाइकर्मीहरूले वडा अध्यक्ष चतुर्वेदीमाथि झाडु प्रहार गर्दै लखेटेको प्रत्यक्षदर्शीले बताएका छन् ।

आरोपित वडाध्यक्षविरुद्ध उजरी परेकोले उहाँको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी कोमल साहले बताउनु भयो ।


शम्भुकुमार सुमन