कर्मचारी अभावका कारण सेवाग्राही समस्यामा
गतसातादेखि कालिका गाउँपालिकामा वडा सचिव नभएपछि पञ्जिकरणको काम गर्न नागरिकलाई गाउँपालिका धाउनु पर्ने बाध्यता भएको छ ।
कालिका गाउँपालिका–१ राम्चेमा कार्यरत वडा सचिव ईमलेश गदी गतसाता कर्मचारी समायोजन भएपछि अन्यत्र गए । यहाँ स्थानीय तहमा समायोजन भएर आउने कर्मचारी नआएसम्म पञ्जिकरण सेवा प्रभावित हुने भएको छ ।
वडा सचिव सहित अन्य कर्मचारीको अभावले वडाबाट प्रदान हुने सेवा सुविधा प्रभावित भएको स्थानीय दावाफुर्पा तामाङले बताए । ‘यसअघि पनि सचिव विदा बस्दा समस्या भएको थियो ।’–उनले भने ।
कालिका गाउँपालिका–१ का लाक्पा तामाङ आफ्नो बच्चाको जन्मदर्ता गराउन जेठ ३० गते वडा कार्यालयमा जाँदा वडा सचिव रमाना लिएर पर्सा जिल्लाको बहुदरमाई नगरपालिका गएको र नयाँ वडा सचिव आएपछि जन्म दर्ता हुने जबाफ पाएको बताउँदै सेवा प्राप्तिका लागि अब वडाबाट गाउँपालिका धाउनु पर्ने बाध्याता रहेको उनले बताए ।
लोकसेवा आयोगसँग वडा कार्यालयहरूका लागि नौ र गाउँपालिकाको लागि १४ जना कर्मचारी माग गरिएकोमा कर्मचारी आउनै तीन-चार महिना लाग्ने कालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शर्मिला न्यौपाने बताइन् ।
उनले वडा नं १ का वडा सचिव समायोजन पछि रमाना लिएर गएपछि यस्तो समस्या परेको बताउँदै गाउँपालिका पञ्जिकरण शाखाका ठाकुरप्रसाद अधिकारीले गाउँपालिकाबाट सो सेवा दिने र त्यस वडामा पञ्जिकरण बाहेकको काम पशु प्राविधिक राजेन्द्र अगस्तीले सम्हाल्ने बताइन् ।
कालिका गाउँकालिका ३ र ४ का वडा सचिवको सङ्घीय सरकारमा समायोजन भएकोले अहिले रमाना नदिने गाउँपालिकाले जनाएको छ ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
घोडाघोडी नगरपालिकाद्वारा दलित र मुक्त कमैयालाई घर हस्तान्तरण
घोडाघोडी नगरपालिकामा मुक्त कमैया र अवासबिहिन दलित गरी १२ परिवारलाई सुरक्षित आवासको लागि ०८१ माघ २८ गते घर हस्तान्तरण गरिएको छ । घोडाघोडी नगरपालिका, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय…
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…