कर्मचारीलाई मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा अखिल क्रान्तीकारीका जिल्ला सदस्य गिरफ्तार

  ०७९ असोज ७ गते

ठाकुरबाबा नगरपालिका–९ घर भई मधुवन नगरपालिका शिक्षा युवा तथा खेलकुद प्रमुख ३६ वर्षीय नारायणप्रसाद खनाललाई मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेकपा विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तीकारी बर्दियाका सदस्य हुम्ला जिल्ला सोरु गाउँपालिका– ७ का २२ वर्षीय अर्जुन विष्टलाई असोज ६ गते गिरफ्तार गरेको छ ।

खनाललाई आरोपित असोज ६ गते कार्यकक्षमै धम्की दिनुको साथै मोसो दलेर दुर्व्यवहार गरेको भन्दै पीडितले आरोपित विरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

अधिकृत खनालले करार शिक्षक नियुक्ति गर्दा मोटो रकम कमिशन खाने गरेको ,शिक्षक सरूबा बढुवामा अनियमितता गरेको, राजनीतिक पहँुचको आधारमा शिक्षकलाई दुर्गम र सुगम राखेको, साउन २६ गते शुक्र माविमा शिक्षक नियुक्ति गर्दा दक्ष प्रतिसपर्धि हुँदा हुदै आफ्नो  पत्नी नाम निकालेको र प्रश्न पत्र टाइपिङ गर्दा विद्यालयको कम्प्युटर शिक्षकले गर्नु पर्नेमा शिक्षा शाखामा प्रश्न पत्र टाइपिङ गरेको तथा विशेषज्ञको प्रश्न पत्र भन्दा फरक गरिएको आरोप लगाउदै मोसो दलेको अखिल क्रान्तिकारीका बर्दियाका अध्यक्ष हरि प्याकुरेलले एक विज्ञप्ती मार्फत जनाएका छन् ।

शिक्षा शाखा प्रमुखलाई हातपात र  दुर्व्यवहार गर्दा नगर प्रहरीले समातेर प्रहरीलाई बुझाएको मधुवन नगरपालिकाका प्रवक्ता मेकबहादुर गुरुङले बताउनु भयो ।

खनालले चन्दा नदिएको  र उनीहरूले भनेको व्यक्तिलाई नदिएका कारण दुर्व्यवहार गरेको खनालले बताउनु भयो ।

उक्त घटनाका विषयमा नेपाल निजामती कर्मचारी युनियन बर्दियाले प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ । युनियनका अध्यक्ष द्रोणराज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनामा सङ्लग्न खाजी गरी दोषीलाई कानुन बमोजिम कारबाहीको माग गरिएको छ ।


मानबहादुर चौधरी