कर्मचारीमाथि हातपात घटनाका आरोपितलाई कारबाही गर्न माग गर्दै पीडित पक्षद्वारा प्रशासनमा ज्ञापनपत्र
आठराई त्रिवेणी गाउँपालिकामा कार्यरत इञ्जिनियर र सहायक इञ्जिनियरमाथि हातपात घटना आरोपितलाई कारबाही गर्न माग गर्दै गाउँपालिकाका कर्मचारीले जिल्ला प्रशासन कार्यालयमा असार ८ गते ज्ञापनपत्र बुझाएका छन् ।
फुङलिङ नगरपालिका–३ का २५ वर्षीय इञ्जिनियर विशाल गुरुङ र इलामको सूर्योदय नगरपालिका–१ का स्थायी घर भई आठराई त्रिवेणी गाउँपालिकामा कार्यरत सहायक इञ्जिनियर २३ वर्षीय दिछेन शेर्पामाथि असार ७ गते हातपात गरेको आरोपमा पीडित पक्षले दोषीलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनु भयो ।
पीडितद्घय आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनस्थित श्री परमसिंह माध्यमिक विद्यालय भवनको छत ढलानको असार ७ गते अनुगमन गर्न गएको अवस्थामा सोही वडाका वडासदस्य ४२ वर्षीय मल्लराज पोमू र विद्यालय भवन निर्माण समितिका अध्यक्ष ३९ वर्षीय नविन पोमूले हातपात गरेको पीडित पक्षको आरोप छ ।
पीडित पक्षले बुझाएको ज्ञापनपत्रमा आठराई त्रिवेणी गाउँपालिका–१ का ४५ वर्षीय कृष्णराज पोमू, ३६ वर्षीय कर्ण थुलङ, ५२ वर्षीय जैमान गुरुङ, १९ वर्षीय सन्दीप पोमू, ३४ वर्षीय असिम पोमू र ३२ वर्षीय सुमन पोमू संलग्न भएकाले उनीहरूलाई समेत कारबाही गर्न माग गरिएको छ ।
इञ्जिनियर र सहायक इञ्जिनियरसँग वडासदस्य मल्लराज पोमू र विद्यालय भवन निर्माण समिति अध्यक्ष नविन पोमूबिच निर्माण सामग्रीको विषयलाई लिएर विवाद भएपछि कर्मचारीमाथि हातपात भएको विद्यालयका प्रधानाध्यापक केशवप्रसाद निरौलाले बताउनु भयो ।
पीडित पक्षको ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने बताउनु भयो ।
कार्यस्थलमा खटिएका कर्मचारी असुरक्षित भएको भन्दै स्थानीय तह कर्मचारी सङ्घ प्रदेश १ उपाध्यक्ष कृष्णप्रसाद सुवेदी, नेपाल निजामती कर्मचारी यूनियन जिल्ला अध्यक्ष हेमराज कठायत, नेपाल निजामति कर्मचारी सङ्गठन अध्यक्ष युवराज पौडेल र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन अध्यक्ष नवराज गिरीले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले कर्मचारीमाथि भएको घटनाका दोषीलाई कारबाहीका लागि सहयोग गर्ने र कर्मचारीहरूलाई भयरहित ढङ्गले काम गर्ने वातावरण मिलाउने बताउनु भएको छ ।
देवराज गुरुङ
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…