कर्मचारीमाथि हातपात गर्ने घटनाका आरोपित गिरफ्तार

  २०८१ जेठ १७

पातारासी गाउँपालिका प्राविधिक शाखा प्रमुख इन्जिनियर ३५ वर्षीय नविन शाहीमाथि कार्यकक्षमै हातपात गर्ने आरोपित सोही गाउँपालिका – ६ उर्थुगाउँका २८ वर्षीय विष्णु विष्टलाई प्रहरीले गाउँपालिका कार्यालयबाट जेठ १६ गिरफ्तार गरेको छ ।

सडक निर्माण आयोजनाको प्राविधिक विल भन्दा बढी भुक्तानी लिने खोजेपछि विवाद हुँदा ठेकेदार विष्टले इन्जिनियर शाहीमाथि हातपात गरेका गरेका हुन् । कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले ठेकेदार विष्टलाई पक्राउ गरेको प्रहरी निरीक्षक उमेश चन्दले बताउनु भयो । घटनाको विषयमा अनुसन्धान भइरहेको उहाँले  बताउनु भयो ।

कार्यकक्षमै इन्जिनियर कुटिएपछि पातारासीका प्रमुख प्रशासकिय अधिकृत सहित सम्पुर्ण कर्मचारीले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीमाथि कानुनी तथा न्यायिक उपचार नहुँदा सम्म संविधान र स्थानीय सरकार सञ्चालन ऐनले निर्दिष्ट गरेको जिम्मेवारी निर्वाह गर्न नसकिने बताएका छन् । भयावह वातावरणमा काम गर्न नसकिने भन्दै कानुनी उपचार नभइ काम नगर्ने अडानमा कर्मचारीहरु छन् ।

प्रशासकिय अधिकृत सहित १४ जना कर्मचारीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ, जेठ १६ गते दिउँसो ४ बजे पातारासी गाउँपालिकाको अध्यक्ष ज्यूको कार्यकक्षमा प्राविधिक शाखा प्रमुख शाहीमाथि हातपात भएको हो ।

प्रकृया पुरा नगरी भुक्तानी दिन दवाब दिदै हातपात तथा कर्मचारीको मानमर्दन हुने गरी विभिन्न अपशब्द प्रयोग समेत गरेको हुँदा यस पातारासी गाँपालिकामा स्वच्छ कानुन सम्वत कार्यसम्पादन गर्न नसकिने र अत्यन्तै भयाभहक वातावरण सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस घटनाको कानुनी तथा न्यायिक उपचार नहुँदा सम्मका लागि नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेको जिम्मेवारी निर्वाह गर्न नसकिने व्यहोरा हामी सम्पूर्ण कर्मचारीहरु यसै विज्ञप्तिमार्फत जानकारी गराएका छन्ं ।

प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर रावलले अध्यक्ष ज्युको कार्यकक्षमै भनाभन भएको बताउनु भयो । उहाँले भन्नुभयो, ठेकेदार विष्टले पटक पटक आउने कर्मचारी धम्क्याउने गरेको र आज कार्यकक्षमै पुगेर अपशब्द बोल्नुका साथै धकेलाधकेल भएपछि काम गर्ने वातावरण छैन ।  उहाँले भन्नुभयो, ‘सडक योजनाको भुक्तानी हो । ठेकेदार प्रकृया पुरा नगरी आएको हुन् । इन्जिनियरले उठाएको विल भन्दा बढी भुक्तानी पाउनु पर्ने ठेकेदारको दाबी छ । काम गर्ने वातावरण नभएपछि विज्ञप्ति जारी गरेका हौँ ।

पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले सामान्य विवाद मात्रै भएको बताउनु भयो । उहाँले भन्नुभयो, अध्यक्ष ज्युको कार्यकक्षमा सामान्य विवाद भएको हो । दुबै पक्षले अपशब्द बोलेका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमितिले पनि घटनाका दोषीमाथि कानुनी कारबाहीको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । यस्तै डिव्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल जिल्ला कार्यसमितिले पनि कानुनी कारबाहीको माग गरेको छ ।

जिल्लाभर सरकारी निकायमा कार्यरत प्राविधिक कर्मचारीले घटनाका दोषीमाथि कानुन कारबाहीको माग गर्दै आन्दोलित भएका छन् । कानुनी कारवाहीको माग गर्दै सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई ध्यानाकर्षण पत्र बुझाएको चन्दननाथ नगरपालिका प्राविधिक शाखा प्रमुख लोकेन्द्र महतले बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी हमालले ध्यानाकर्षण बुझ्दै घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

Photo20240530Jumla (3)

 


मानदत्त रावल