कर्मचारीमाथि अज्ञात व्यक्तिबाट कुटपिट
सोलुदुधकुण्ड नगरपालिका – ११ तिङ्लाका ३९ वर्षीय टेकबहादुर बस्नेतलाई नकाबधारी एक जनाले फागुन २ गते कुटपिट गरेको प्रहरीले जनाएको छ ।
घरेलु तथा साना उद्योग विकासका कर्मचारी बस्नेतलाई कार्यालय बिदा भएपछि घर फर्किने क्रममा नकाबधारी एक जनाले रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले बताउनुभयो ।
घाइते बस्नेतको फागुन २ गते जिल्ला अस्पताल फाप्लुमा उपचार भएको छ ।
सोलुदुधकुण्ड नगरपालिका–६ दोर्पु नजिकै सडकमा एक्कासी रड प्रहार भएको घाईते बस्नेतले बताउँनुभयो । “म सडकमा हिड्दै थिए, एक जना कालो ट्रायकसुट लगाएको मुखमा कालो पट्टी बाँधेको युवक भेटे ।”बस्नेतले भन्नुभयो, “कता हिँडेको भनेर सोध्यो, घर हिँडेको भने, घर सोध्यो तिङ्ला भने, कता जानुहुन्छ भनेर मैले सोध्दा, जोरबौध सम्म जाने भन्यो, केही पर पुग्यौ, म सँग एक हजार रुपियाँ माग्यो, छैन म त बिरामी भएर भर्खर उपचार गरेर आएको भन्ने बित्तिकै रडले टाउँकोमा हान्यो, म ढले उ कता गयो थाहा भएन ।”
पीडितले बस्नेतले सोही दिन जिल्ला प्रहरी कार्यालयमा घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै उजुरी दिनुभएको छ ।
भोजराज कार्की
सम्बन्धित समाचारहरू
नेपालकै पहिलो बालमैत्री नगरका ३३ जना बालबालिकामा कुपोषणको समस्या
बालमैत्री नगर घोषणाका लागि ०६६ देखि योजना तय गरी ०७३ वैशाख ३१ गते नेपालकै पहिलो बालमैत्री नगरका रूपमा घोषणा गरिएको विराटनगरमा ३३ जना बालबालिकामा कुपोषणको समस्या पाइएको छ । विराटनगर…
हत्या घटनाका आरोपितविरूद्ध उजुरी
यशोधरा गाउँपालिका– १ की २२ वर्षीया नसिमा खातुनको हत्या गरेको आरोपमा मृतकका माइती पक्षले मृतकका पति २६ वर्षीय प्रवेज आलम मुसलमान र सासु ४५ वर्षीया साजमा खातुनविरूद्ध असोज ४ गते …
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…