कर्फ्युलाई खुकुलो बनाउदै लैजाने सर्बपक्षीय निर्णय
नेपालगञ्जमा जारी कर्फ्युलाई खुकुलो बनाउदै लैजाने असोज १७ गते बसेको सर्बपक्षीय बैठकले निर्णय गरेको छ ।
हिन्दु र मुस्लिम समुदायबिच असोज १६ गते भएको झडप पछि दिउसो १ बजेदेखि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो ।
बैठकले असोज १६ गते भएको घटना प्रति संवेदनशिल हुँदै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भडकाउने धार्मिक विद्येष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने जस्ता कानुन विपरितका कार्यहरू गर्ने कुनै पनि व्यक्तिहलाई तत्काल कानुन बमोजिम कडा कारबाही गर्ने, शान्ति सुरक्षाको वर्तमान अवस्थालाई पुर्ण रूपमा सामान्य अवस्थामा ल्याउने र नेपालगञ्ज क्षेत्रमा हाल जारी रहेको कर्फ्यु आदेश क्रमशः खुकुलो बनाउँदै पूर्णरूपमा हटाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यसैगरी, सामाजिक सद्भभाव कायम राख्न र सद्भाव भड्किन नदिने प्रतिबद्धता गर्ने सबै क्षेत्र तहको सहभागीता हुने गरी सद्भाव र्याली आयोजना गर्ने निर्णय भएको इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले जानकारी दिनुभयो ।
सामाजिक सञ्जाल फेसबुकमा असोज १४ गते मुस्लिम समुदायलाई लक्षित गर्दै लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध र्याली निकालेको थियो । हिन्दु ओमकार समाजको आयोजनामा असोज १६ गते भएको प्रदर्शनमा नेपालगञ्ज उपमहानगर बिपिचोक नजिकै मुस्लिम समुदाय र हिन्दु समुदायका युवाहरूबिच ढुङ्गा हाना हान भएको थियो ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज
सम्बन्धित समाचारहरू
अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो
राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ । राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले…
डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती
सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ । मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको…
द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै
सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट…
एम्बुलेन्स चालकमाथि कुटपिट
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि कुटपिट गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते कुटपिट गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी गाउँपालिका-६ का…