कर्णाली राजमार्गः दुई महिनायता १ सय ३३ स्थानमा पहिरो, यात्रुहरू गन्तव्यमा पुग्नै समस्या
कर्णाली राजमार्गमा दुई महिनायता १ सय ३३ स्थानमा पहिरो जाँदा यात्रा गर्ने यात्रुहरू गन्तव्यमा पुग्नै समस्या भएको छ ।
राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुँदा यात्रा गर्ने सयौँ यात्रुले दिनहुँ जसो सास्ती झेल्ने गरेका छन् । वर्षातको समयमा पानी पर्ना साथ राजमार्गका विभिन्न स्थानमा पहिरो गएर अवरुद्ध हुने गरेको छ । ०६३ चैत ३० गते सञ्चालनमा आएको सुर्खेत – जुम्ला राजमार्गमा वर्षायाम सुरु भएयता बारम्बार पहिरो गएर कहिले सडक एकतर्फी त कहिले बन्द नै गर्नुपरेको स्थानीयहरूको भनाइ छ । वातावरणीय प्रभाव र मूल्याङ्कन गरिए पनि समयमा काम सम्पन्न नहुँदा थप विनाश र बिपत्ति निम्तिएको छ भने दैनिक जनजीविकाको सवालमा समेत असर पुग्दै आएको छ ।
कर्णाली राजमार्ग अविरल वर्षाले प्रहरीको काम सडकमा बढी केन्द्रित भएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी अर्जुन केसीले बताउनु भयो । वर्षातमा जोखिम मोलेर कर्णाली राजमार्गको यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । कठिन भूगोलको कारण वर्षातको समयमा पानी पर्नासाथ ठाउँ–ठाउँमा पहिरो जाने र सडक अवरुद्ध हुने गर्दा यात्रुहरू समस्यामा परेको डिएसपी केसीले उल्लेख गर्नुभयो ।
जिल्ला ट्राफिक कार्यालय, कालिकोटका निमित्त इन्चार्ज झलक गिरीका अनुसार कालिकोटमा १ सय ३, दैलेखमा २३ र जुम्लामा सात ठाउँमा पहिरो जाँदा ३९ दिन कर्णाली राजमार्ग अवरुद्ध भएको थियो । कालिकोटको हुल्म, एस मोड, गगनेखोला, मोल्फा, गल्ली, टाकुल्ला, राचुली लगायतका स्थानमा पटक–पटक पहिरोले सडक अवरुद्ध भएको उहाँको भनाइ छ ।
कर्णाली राजमार्गमा वर्षेनी पहिरोले दुख दिँदै आएको जिल्ला प्रशासन कार्यालय, कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनु भयो । जिल्ला प्रशासनले सडक विभागसँग समन्वय गरेर तीन ओटा डोजर कालिकोट खण्डमा राखेको प्रमुख जिल्ला अधिकारी नेपालीले उल्लेख गर्नुभयो । उहाँका अनुसार कालिकोटको पिली, हुल्म र गगने खोलामा सडक विभागका डोजर छन् । ठूलो चट्टान खसेकाले साउन महिनाको पहिलो साता पहिरो हटाउन पाँच दिन लागे पनि अरु बेला दिनहुँ पहिरो पन्छाएर सडक सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी नेपालीको भनाइ छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालयले कर्णाली प्रदेशका विभिन्न जिल्लामा सार्वजनिक यातायात सेवाको गुणस्तर कमजोर भएको, यातायात सम्बन्धी मौजुदा कानुनको प्रभावकारी नहुँदा कर्णाली प्रदेशमा दिनहुँ हुने सवारी दुर्घटनाले जनधनको क्षति भएको र सवारी दुर्घटना हुने सक्ने सम्भाव्य कारणहरूलाई रोकथाम गरी नागरिकहरूको सम्मानपूर्वक बाँच्न पाउने हकको विषय सार्वजनिक हित र सरोकारको विषय भएको भन्दै निषेज्ञाधाको आदेश जारी गरी पाउँ भनि मुद्दा दायर गरेको थियो ।
कर्णाली प्रदेशमा बढ्दो सवारी साधन दुर्घटनाको रोकथाम तथा न्यूनीकरण लगायतको माग गर्दै उच्च अदालत, सुर्खेतमा परेको रिट निवेदनका विषयमा उच्च अदालत सुर्खेतले निवेदकको माग बमोजिमको अन्तरिम आदेश जारी गरेको थियो । उच्च अदालतका वरिष्ठतम न्यायाधीश कृष्णलाल भट्टराई र न्यायाधीश खडकबहादुर केसीको ०८१ वैशाख १८ गतेको इजलासले सवारी दुर्घटना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक र उपर्युक्त व्यवस्था गर्न विपक्षीहरूका नाममा अन्तिम फैसला सुनाएको थियो ।
पूर्ण सार्की
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…