कर्णाली प्रदेशमा १३ हजार ४ सय ३ जनाको उम्मेदवारी दर्ता
स्थानीय तहको निर्वाचनका लागि कर्णाली प्रदेशमा रहेका २५ नगरपालिका, ५४ गाउँपालिका र ७ सय १८ वडापालिकाका लागि आवश्यक ३ हजार ७ सय ४८ जना जनप्रतिनिधिका लागि १३ हजार ४ सय ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगले प्रकाशित गरेको सूचना अनुसार २५ जनाको नगरप्रमुख पदका लागि १ सय ७६ जना र २५ जना नगर उपप्रमुख पदका लागि १ सय ६० जनाको उम्मेदवारी दर्ता भएको हो ।
त्यसैगरी ५४ जना गाउँपालिका अध्यक्ष पदका लागि ३ सय ८ जना, ५४ जना गाउँपालिका उपाध्यक्षका लागि २ सय ८८ जनाको उम्मेदवारी दर्ता भएको छ । ७ सय १८ जना वडाअध्यक्षका लागि ३ हजार २ सय ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
७ सय १८ जना महिला सदस्य पदका लागि २ हजार ३ सय २८ जना, ७ सय १८ जना दलित महिला सदस्यका लागि १ हजार ९ सय ९८ जना र १ हजार ४ सय ३६ जना खुल्ला सदस्य पदका लागि ४ हजार ९ सय ३८ जनाको मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता भएका उम्मेदवार विरुद्धको दावि विरोधको समय वैशाख १३ गते तोकिएको थियो ।
दावि विरोधपछि यो सङ्ख्या घटबढ हुन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच तथा उजुरी उपर जाँजबुझ तथा निर्णय र वैशाख १५ गते मनोनयन भएका उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ ।
वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगले वैशाख १७ गते दल तथा स्वतन्त्र उम्मेदवारहरूका लागि चुनाव चिन्ह प्रदान गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।
रुकुम पश्चिम जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार जिल्लामा १ हजार ९९ जनाको उम्मेद्वारी दर्ता भएको छ । रुकुम पश्चिममा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेद्वारी दर्ता गराएका छन् ।
जिल्लाभरी १ हजार ९९ जनाले उम्मेद्वारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कुमारी रिमा मल्लले जानकारी दिनुभयो ।
जुम्लाको दुई पालिकामा मात्रै प्रमुखमा महिला उम्मेदवारी
जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार जिल्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । यहाँका आठ स्थानीय तहमध्ये दुई पालिकामा मात्रै प्रमुखमा महिलाले उम्मेदवारी दिनु भएको छ ।
अघिल्लो ०७४ को स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकामा नेपाली काँग्रेसले कान्तिका सेजुवाललाई मात्रै नगरप्रमुखको उम्मेदवार बनाएको थियो । उहाँ नगरप्रमुखमा पुरुषसँग प्रतिष्प्रधा गर्दा विजयी हुनु भयो ।
यसवर्ष ०७९ को स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा चन्दननाथ–७ की २८ वर्षीया जयालक्ष्मी चौलागाईले उम्मेदवारी दिनु भएको छ । ंउहाँले एकीकृत समाजवादी पार्टीबाट नगरप्रमुख पदमा उम्मेदवारी दिनु भएको हो ।
नगर उपप्रमुखमा समाजवादीले भीम थापालाई उम्मेदवारीको मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
यस्तै नेकपा एमाले जुम्लाले गुठिचौर गाउँपालिकामा महिलालाई अध्यक्षको उम्मेदवार बनाएको छ । झुनमाया जैसीले एमालेको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।
जुम्लामा ३ सय १६ पदका लागि १ हजार ४ सय ४३ जनाको उम्मेदवारी
स्थानीय तहको निर्वाचनका लागि जुम्लामा ३ सय १६ पदका लागि १ हजार ४ सय ४३ जनाको उम्मेदवारी परेको छ । एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तहमा ३ सय १६ जना जनप्रतिनिधिको आवश्यकता हो । तर यहाँ १ हजार ४ सय ४३ जनाले उम्मेदवारी दिएका छन् ।
जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा ५२ पदका लागि २ सय ६८ जनाले उम्मेदवारी दिएका छन् । नगरप्रमुख, उप्रमुख, वडाध्यक्ष, दलित सदस्य, महिला सदस्य र खुला सदस्य गरी ५२ पदका लागि २ सय ६८ जना मध्ये ५४ जना महिलाले उम्मेदवारी दिएका हुन् ।
एक नगरप्रमुखका लागि नौ जना मध्ये एक जनाले उम्मेदवारी दिएका छन् भने एक नगर उपप्रमुखका लागि आठ जना मध्ये ६ जना महिलाले उम्मेदवारी दिएका छन् ।
यस्तै नगरपालिका १० वडामा विभाजित छ । १० वडाध्यक्षको पदका लागि ७० जना मध्ये ३ जना महिलाको उम्मदवारी परेको छ ।
नगरपालिकाको १० वडामध्ये सवै भन्दा बढी १० नम्बर वडामा १० जनाको उम्मेदवारी परेको छ । सवै भन्दा कम ६ नम्बर वडामा ४ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । सदस्यमा १० वडाबाट ९४ जना मध्ये चार जनाको उम्मेदवारी परेको छ भने महिला सदस्यमा ४७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक मुख्य निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले बताउनु भयो ।
तिला गाउँपालिकामा ४७ पदका लागि १ सय ९९ जनाले उम्मेदवारी दर्ता गराएका छन । पालिकाको अध्यक्ष पदका लागि ६ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत निर्मला कुमारी खडकाले बताउनु भयो । उपाध्यक्ष एक पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन अधिकृत खड्काका अनुसार ९ वटा वडाध्यक्ष पदमा ४७ जनाको उम्मेदवारी परेका छन् । १८ वटा महिला वडा सदस्यमा ३८ जनाको मनोनयन परेको छ । त्यस्तै ९ जना खुला वडा सदस्यमा ७५ जनाको उम्मेदवारी दर्ता भएको छ । नौ वटा दलित महिला वडा सदस्यका लागि २५ जनाले उम्मेदवारी दिएका छन् ।
तातोपानी गाउँपालिकामा ४२ पदका लागि १ सय ८३ जनाको उम्मेदवारी परेको छ । पालिकाको अध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत सरोजराज रेग्मीले बताउनु भयो । त्यस्तै उपाध्यक्ष पदका लागि सात जनाले मनोनयन दर्ता गराएको उहाँले बताउनु भयो । वडाध्यक्ष ८ वटा पदका लागि ४२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकारी रेग्मीका अनुसार १६ जना खुला वडा सदस्य पदमा ६८ जनाले मनोनयन दर्ता गरेका छन् । त्यस्तै ८ जना महिला सदस्य पदमा ३३ जनाले उम्मेदवारी दिएका छन् । १ वटा दलित महिला वडा सदस्यमा २४ जनाले मनोनयन दर्ता गरेका छन् ।
हिमा गाउँपालिकामा ३७ पदका लागि १ सय ९७ जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्ष पदमा ७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत रितु राईले बताउनु भयो । त्यस्तै उपाध्यक्ष पदका लागि उपाध्यक्ष ९ जनाले मनोनयन दर्ता गराएको उहाँको भनाइ छ । वडाध्यक्ष ७ पदका लागि ५४ जना मध्ये महिला २ जना र पुरुष ५२ जनाको उम्मेदवारी परेको छ । राईका अनुसार खुला वडा सदस्य १४ पदका लागि ७० जनाले मनोनयन दर्ता गराएका छन् । यसमा महिला १६ र पुरुष ५४ जनाले उम्मेदवारी दिएका छन । यस्तै महिला सदस्य एक पदका लागि ३७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै दलित महिला वडा सदस्य एक पदका लागि २० जनाको उम्मेवारी परेको छ ।
गुठीचौर गाउँपालिका जुम्लामा २७ पदका लागि १ सय १२ जनाको उम्मेदवारी परेको छ । पालिकाको अध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत शम्भु गौतमले बताउनु भयो । त्यस्तै उपाध्यक्ष पदमा ६ जना, वडाध्यक्ष ५ पदमा २६ जना, खुला वडा सदस्य १० पदमा ४० जना, महिला वडा सदस्य ५ पदमा २० जना र दलित महिला वडा सदस्य ५ पदमा १४ जनाले मनोनयन दर्ता गराएको उहाँले बताउनु भयो ।
पातारासी गाउँपालिकामा ३७ पदका लागि १ सय १४ जनाको उम्मेदवारी परेको छ । पालिकाको अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत सुरेश सुनारले बताउनु भयो । त्यस्तै उपाध्यक्ष पदमा ७ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्ष ७ पदमा ३१ जनाले उम्मेदवारी दिएका छन् । खुला वडा ३८ जना महिला वडा सदस्य २३ जना र दलित महिला वडा सदस्य ८ जनाले मनोनयन दर्ता गराएका छन् ।
सिजा गाउपालिकामा ३२ पदका लागि १ सय ९२ जनाको उम्मेदवारी परेको छ । पालिकाको अध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कर्ण बहादुर महतले बताउनु भयो । उपाध्यक्ष एक पदमा ७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ६ पदका लागि वडाध्यक्षमा ३९ जनाले उम्मेदवारी दिएका छन् । खुला वडा सदस्यमा ५८ जना, .महिला वडा सदस्य ३३ जना र दलित महिला वडा सदस्य २८ जनाले मनोनयन दर्ता गराएका छन् ।
कनकासुन्दरी गाउँपालिकामा ४२ पदका लागि १ सय ९४ जनाको उम्मेदवारी परेको छ । पालिकाका अध्यक्ष पदका लागि ९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत जागुराम चौधरीले बताउनु भयो । उपाध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ८ पदको लागि वडाध्यक्षमा ४७ जनाले उम्मेदवारी दिएका छन् । खुला वडा सदस्य ७४ जना महिला वडा सदस्य ३२ जना र दलित महिला वडा सदस्य २४ जनाले मनोनयन दर्ता गराएका छन् ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…