कर्णाली प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सुरु ! (फोटो फिचर)
कर्णाली प्रदेशको हुम्ला जिल्लाको सार्केगाड गाउँपालिकामा उपाध्यक्ष, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा वडा अध्यक्ष, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–४ मा वडा अध्यक्ष, जाजरकोट जिल्लाको नालगाड नगरपालिकामा उपप्रमुख र कुसे गाउँपालिका–७ मा वडा अध्यक्ष, रुकुम पश्चिम जिल्लाको सानिभेरी गाउँपालिका–४ मा वडा अध्यक्ष र दैलेख जिल्लाको महाबु गाउँपालिकामा अध्यक्ष र दूल्लु नगरपालिका–१३ मा वडा अध्यक्ष पदको लागि ०८१ मङ्सिर १६ गते उपनिर्वाचन बिहान ७ बजेबाटै शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ ।
इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार सार्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि निर्वाचन सुरु भएको छ । उक्त उपनिर्वाचनका लागि २ सय ६८ जना प्रहरी परिचालन गरिएको छ भने उक्त निर्वाचन निर्विवाद रूपमा सम्पन्न गराउनका लागि १२ ओटा मतदान स्थलका १३ ओटा मतदान केन्द्रमा ७३ जना कर्मचारी खटाइएकाे मुख्य निर्वाचन अधिकृत सम्भु प्रसाद बरालले बताउनु भयो । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । यसका लागि जम्मा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ६ हजार ८ सय १० मतदाता सङ्ख्या रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भिम रोकायाले बताउनु भयो ।
इन्सेक डोल्पा जिल्ला प्रतिनिधि पुर्ण सार्कीका अनुसार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ मा मतदान सुरु भएको छ । बिहान ८ बजेर २० मिनेटदेखि मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिनुभयो । चिसोले गर्दा प्रतिनिधि र मतदाताहरू ढिलागरिमात्र मतदान स्थलमा पुगेपछि ७ बजेदेखि सुरु हुने मतदान प्रक्रिया सुरुहुन ढिलाई भएको उहाँको भनाइ छ । मतदान प्रक्रिया शान्तिपूर्ण हिसाबमा सुरु भएको र हालसम्म २३ मत खसेको महतले बताउनु भयो ।
वडा अध्यक्ष पदका लागि सुरु भएको मतदानमा नेकपा माओवादी केन्द्रबाट नरबहादुर झाँक्री, नेपाली कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपाने र नेकपा एमालेबाट नरबहादुर रोकाय उम्मेद्वार बनेका छन् । एकिकृत समाजवादीबाट ज्वती घर्तीले उम्मेद्वारी दिए पनि उहाँले उम्मेद्वारी फिर्ता लिएर माओवादी केन्द्रका उम्मेद्वार घर्तीलाई सघाउने बताउनु भयो । उक्त वडामा कुल मतदाताको सङ्ख्या ३ सय ५३ रहेको छ ।
गत स्थानीय तहको चुनावमा कुल ३ सय ६३ मतदाता रहेकोमा नेकपा एमालले १ सय ६, नेकपा माओवादी केन्द्रले १ सय ३ र नेपाली कांग्रेसले ८३ मत प्राप्त गरेको थियो । यस पटकको निर्वाचनमा माओवादी केन्द्र र एमाले बिच कडा प्रतिशप्रर्धा हुने देखिएको छ । एकिकृत समाजवादीले समेत माओवादीका उम्मेद्वारलाई सघाउने घोषणा गरेपछि माओवादीका उम्मेद्वार निर्वाचित हुन सक्ने आँकलन समेत गरिएको छ । अघिल्लो पटक सम्पन्न स्थानीय तहको निर्वाचनमाबाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकायको कार्यकाल अगावै मृत्यु भएपछि सोही पदका लागि निर्वाचन सुरु भएको हो ।
इन्सेक कालिकोट जिल्ला प्रतिनिधि कालिबहादुर मल्लका अनुसार कालिकाेटकाे तिलागुफा नगरपालिका-४, राचुलि मतदान केन्द्रमा बिहान ७ बजेर १० मिनेटबाट शान्तिपूर्ण मतदान सुरु भइरहेकाे छ ।
इन्सेक जाजकोट र रुकुम पश्चिम जिल्ला प्रतिनिधि बासुदेब शर्माका अनुसार नलगाड नगरपालिकाकाे उपनिर्वाचनका लागि बिहान ७ बजेदेखि सुरु भएकाे छ । उपनिर्वाचन शान्तिपूर्ण रूपमा भइरहेकाे छ । बिहान ७ बजेदेखि मतदानकाे प्रक्रिया सुरु भए पनि चिसाेका कारण नागरिक मतदानमा सहभागी हुन सकेन । नलगाइ नगरपालिकाकाे वडा नम्वर १ मा बिहान ८ बजेर ३० मिनेटबाट मतदान हुन सकेकाे छैन । अन्य मतदान केन्द्रमा भने मतदाता आउने क्रम जारी छ । चार ओटै निकायका सुरक्षाकर्मी खटाइएकाे छ ।
त्यस्तै रुकुम पश्चिम जिल्लाको सानिभेरी गाउँपालिका–४ मा वडा अध्यक्ष पदको लागि मतदान केन्द्रमा बिहान ७ बजेबाट शान्तिपूर्ण मतदान सुरु भइरहेकाे छ ।
इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर बहादुर सुनारका अनुसार महाबु गाउँपालिका अध्यक्ष र दुल्लू नगरपालिका १३ नं. वडाका वडाध्यक्ष पदका लागि बिहानैदेखि शान्तिपूर्ण वातावरणमा मतदान सुचारु चलिरहेकाे छ । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले महाबु गाउँपालिकाका ६ ओटा वडामा नौ स्थानका १६ मतदान केन्द्र र दुल्लू नगरपालिका १३ नं. वडाका २ स्थानका ४ गरी २० मतदान चलिरहेको बताउनु भयो । ती २० मतदान केन्द्रमा सबै जसाेमा २ सय हाराहारी मतदान भइसकेको र मतदाताकम लाइन पनि बढेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल दाहालले जानकारी दिनुभयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…