कर्णालीमा पाठ्यपुस्तक वितरणमा ढिलाइ हुँदा पढाइ प्रभावित
नेपाल सरकारले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँछ । अहिलेसम्म जनक शिक्षाले पुस्तक छाप्ने र व्यवसायी मार्फत् विद्यालय–विद्यालयमा पुर्याउने गरिएको छ । ढुवानी, व्यवसायी र विद्यालयका बीचको आर्थिक समस्याले गर्दा विद्यार्थीले समयमा पुस्तक पाउन कर्णालीका विद्यार्थीहरुले ठूलो संघर्ष गर्नुपर्छ । यो झन्झटिलो प्रक्रियालाई हटाएर कुपन प्रणाली सञ्चालन गर्नुपर्ने शिक्षाका जानकारहरू बताउँछन् ।
डोल्पाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर बस्नेतले झन्झटिलो प्रक्रियाका कारण पाठ्यपुस्तक बालबालिकाको हातहातमा पुग्न ढिलाइ हुनेगरेको बताउनुभयो । ‘नयाँ संरचना अनुसार किताबको आर्थिक निकासा गर्ने अधिकार स्थानीय निकाय तिर सरेको छ । विद्यालयले किताब किन्ने र स्थानीय निकायले पैसा दिने नयाँ व्यवस्था रहेको छ । स्थानीय निकायले किताबका लागि रकम निकासा गरिसकेका छैनन्,’ उहाँले भन्नुभयो ।
डोल्पा जिल्लाका चार ओटा स्थानीय तहले फागुनदेखि नै नयाँ शैक्षिक सत्र आरम्भ गरेको भन्दै उहाँले जिल्लामा फरक–फरक समयमा शैक्षिक सत्र सुरु हुने गरेको बताउनुभयो । जसले गर्दा बालबालिकाको सिकाइ प्रभावकारी नहुने, पाठ्यपुस्तक समयमा नै नपुग्ने समस्या रहेको उहाँको भनाइ छ ।
गोदाममा पुस्तक आइसकेको भएपनि जिल्ला–जिल्लामा पुस्तक पुग्न ढिलाइ भइरहेको छ । शिक्षा विकास तथा समन्वय इकाई मुगुका प्रमुख सुर्यबहादुर खत्रीले स्थानीय निकायले किताबका लागि रकम निकासमाा ढिलाइ गर्दा बिक्रेताले किताब समयमा नै ल्याइ नपुर्याउने गरेको बताउनुभयो । उहाँका अनुसार मुगु जिल्लामा पाठ्यपुस्तक अहिलेसम्म पुगेको छैन ।
कर्णालीमा वर्षेनी पाठ्यपुस्तक अपुग हुने गरेको छ । विगतका वर्षहरूमा परीक्षाको समयसम्म पनि सबै विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको थिएन । यस वर्ष भने विद्यार्थीलाई समयमै पुस्तक बाँड्ने गरी तयारी गरिएको जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुख भैरवबाबु पन्तले बताउनुभयो । उहाँका अनुसार जनक शिक्षा सामग्री केन्द्रको तालिका बमोजिम चैत ९ गतेदेखि पुस्तक वितरण सुरु गरिएको छ । यो वर्षका लागि आवश्यक पर्ने दश लाख थान पुस्तक गोदाममा ल्याइसकेको उहाँले बताउनुभयो ।
पुस्तक वितरण चैत ९ गतेदेखि १४ गतेसम्म हुम्ला जिल्लामा र डोल्पा जिल्लामा, चैत १५ गतेदेखि १६ गतेसम्म मुगु जिल्ला, १७ गतेदेखि १८ गतेसम्म जुम्ला जिल्ला, १९ गतेदेखि २० गतेसम्म कालीकोट जिल्ला, २१ गतेदेखि २२ गतेसम्म जाजरकोट जिल्ला, २३ गतेदेखि २४ गतेसम्म दैलेख जिल्ला र २५, २६, २७ गते तीन दिन सुर्खेत जिल्लामा पुस्तक वितरण गरिनेछ । अहिले तालिका अनुसार नभइ जिल्ला–जिल्लाका पुस्तक बिक्रेताले गरेको माग अनुसार पुस्तक वितरण भइरहेको छ ।
भर्नासँगै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने भनिएको छ । तर, पनि अहिलेसम्म सबै जिल्लामा पुस्तक पुगिसकेको छैन । जनक शिक्षा सामग्री केन्द्रले जिल्ला–जिल्लाका लागि पुस्तक वितरण तालिका समेत सार्वजनिक गरेको भएपनि सोही अनुसार पुस्तक वितरण हुन सकेको छैन । हिमाली जिल्लालाई प्राथमिकतामा राखेर तालिका बनाइएको थियो । जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतबाट हुम्ला जिल्लाका दुई ओटा मात्र स्थानीय तहले पुस्तक लिएका छन् । दुई स्थानीय तहमा गरी ६ सय सेट पुस्तक मात्र हुम्ला जिल्लामा पुगेको छ । अहिले सम्म मुगु जिल्लामा पुस्तक गएको छैन । हालसम्म दैलेख जिल्लामा तीन पुस्तक बिक्रेता मार्फत् दुई हजार तीन सय सेट, सुर्खेत जिल्लामा दुई पुस्तक बिक्रेतामार्फत एक हजार एक सय सेट, कालीकोट जिल्लामा एक हजार सेट, जुम्ला जिल्लामा पाँच सय सेट, जाजरकोटमा दुई पुस्तक बिक्रेतामार्फत ६ सय सेट पुस्तक मात्र पुगेको छ । अहिलेसम्म ६ हजार २ सय सेट मात्र पाठ्यपुस्तक जिल्ला–जिल्लामा पुगेको छ । गोदाममा पर्याप्त किताब भएपनि बिक्रेता किताब लिन नआएको कार्यालय प्रमुख पन्तले दावी गर्नुभयो ।
त्यस्तै शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशकी निमित्त निर्देशक दीपा हमालले समयमै पाठ्यपुस्तक पुर्याउन आवश्यक पहल भइरहेको बताउनुभयो । अबको एक साताभित्रै सबै विद्यालयमा पुस्तक वितरणको व्यवस्था मिलाउन आग्रह गरिरहेको उहाँको भनाइ छ ।
जगतदल जनाला विक
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…