कर्णालीमा तीन सय मतदानस्थल अति संवेदनशील
सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेशमा करिब तीन सय मतदानस्थल अति संवेदनशील मानिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दुई सय ९५ वटा मतदानस्थल अति संवेदनशील मानिएका हुन् ।
प्रदेशको निर्वाचन सुरक्षा समितिले तयार पारेको प्रतिवेदन अनुसार सबैभन्दा बढी अति संवेदनशील मतदानस्थल कालिकोट जिल्लामा रहेको छ । कालिकोटमा ७३ ओटा मतदानस्थल अति संवेदनशील मानिएका छन् ।
सुर्खेतका २० वटा मतदानस्थल, दैलेखका ४६ वटा, सल्यानमा ३८ वटा, जुम्ला ४० वटा, मुगु २६ वटा, रुकुमपश्चिममा १९ वटा, डोल्पामा २३ वटा र जाजरकोटमा एउटा मतदानस्थल अति संवेदनशील रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गा प्रसाद चालिसेले जानकारी दिनुभयो ।
त्यस्तै, निर्वाचन कार्यालयका अनुसार चार सय १४ मतदानस्थल संवेदनशील रहेका छन् । सुर्खेतका ८५ वटा, दैलेखका ५५ वटा, सल्यानका ६० वटा, रुकुमपश्चिमका ४५ वटा, डोल्पाका २६ वटा, हुम्लाका ३० वटा, जुम्लाका १४ वटा, मुगुका १९ वटा, कालिकोटका २६ वटा र जाजरकोटका ५४ वटा मतदानस्थल संवेदनशील देखिएका छन् ।
प्रदेशभर एक सय ९८ वटा मतदानस्थल भने सामान्य रहेका छन् । कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेश भर नौ सय सात मतदानस्थल र एक हजार तीन सय ८५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
जाजरकोट जिल्ला प्रतिनिधि दिनेश कुमार श्रेष्ठका अनुसार जिल्ला सुरक्षा समितिको टोलीले जाजरकोटका सात ओटै स्थानीय तहमा पुगेर पायक पर्ने मतदानस्थल र संवेदनशीलताबारे अध्ययन गर्ने क्रममा जाजरकोटमा एक ओटा मतदानस्थल अति संवेदनशील रहेको जनाएको छ ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आवश्यक सम्पुर्ण तयारीका लागी जिल्लामा रहेका सरोकारवाला निकाय जुटेका छन् ।
आगामी निर्वाचनका लागि तोकिएका ८५ ओटा मतदानस्थल मध्ये एक ओटा मतदान स्थल अति संवेदनशील देखिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले जानकारी दिनु भयो ।
उहाँका अनुसार ५४ ओटा मतदानस्थल संवेदनशील र ३० ओटा मतदानस्थल सामान्य रहेका छन् । निर्वाचनका लागि मतदानस्थल र केन्द्र उपयुक्त स्थानमा छन् या छैनन् र सुरक्षाका हिसावले कति जोखिम छन्, छैनन् भन्ने अध्ययन समेत गरिसकिएको प्रजिअ शाहीले बताउनु भयो ।
संवेदनशील भएका मतदानस्थलहरूमा कस्तो सुरक्षा व्यवस्थापन मिलाउने भन्नेबारे सुरक्षा निकायसहित स्थानीय तहहरूसँग समन्वय भइरहेको उहाँको भनाइ छ । सुरक्षा समितिले वर्गीकरण गरेका मतदानस्थलको नाम भने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सार्वजनिक गरिएको छैन ।
जिल्ला निर्वाचन अधिकृत नृपराज उपाध्यायका अनुसार ८५ ओटा मतदान स्थल रहेको जाजरकोट जिल्लामा हाल मतदाता सङ्ख्याको आधारमा मतदानस्थल कुनै थपघट गरिएको छैन ।
जाजरकोट जिल्लामा आसन्न स्थानीय तहको निर्वाचन ०७९ वैशाख ३० का लागि सात वटै स्थानीय तह बाट ४९ हजार ९ जना पूरुष र ५४ हजार ८ सय ५८ जना महिला समेत गरी एक लाख तीन हजार ८ सय ६९ जनाले मतदान गर्ने छन् ।
पूर्णबहादुर खड्का/दिनेश कुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…