कर्णालीका मुख्यमन्त्री र सभामुखसँग इन्सेकको टोलीद्वारा मानव अधिकारको विषयमा छलफल
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री जीवनबहादुर शाहीसंग इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठ नेतृत्वको टोलीले मानव अधिकार अवस्थाको विषयमा छलफल गरेको छ ।
चैत १० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर अध्यक्ष श्रेष्ठसहितको टोलीसँग मुख्यमन्त्री शाहीले मानव अधिकारको रक्षाका लागि सरकार समन्वय र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।
संविधानले व्यवस्था गरेको नागरिकको अधिकार पनि राज्यले दिन नसकेको भन्दै मानव अधिकार संरक्षणका लागि प्रतिबद्ध रहेको बताउँदै इन्सेकले नागरिकको सरल जीवन जीउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ ग्रहण गर्दै मुख्यमन्त्री शाहीले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको सङ्कलन र विश्लेषणले भविष्यमा मानव अधिकारको अवस्थाको अभिलेख हुने बताउनु भयो ।
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा कमी ल्याउन सरकारसँग सहकार्य भए मानव अधिकारको संरक्षणमा थप सुधार हुने भन्दै अध्यक्ष श्रेष्ठले समग्र मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराउनु भयो ।
विशेषगरी राज्यपक्षबाट हुने मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा शून्यमा झार्न सरकार लाग्नुपर्ने भन्दै ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ नारा लिएको प्रदेश सरकारसँगै काम गर्न इन्सेक तयार रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।
सशस्त्र द्वन्द्वका समयदेखि नै मानव अधिकारको संरक्षणका लागि इन्सेकले काम गर्दै आएकोमा हाल शिक्षा, स्वास्थ्य, खाद्य लगाएतको क्षेत्रमा सचेतनाको काम गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो ।
कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीसँग पनि छलफल गरिएको छ । इन्सेक अध्यक्ष सहितको टोलीसँग सभामुख शाहीले मानव अधिकार रक्षाका लागि निर्माण गरिने कानुनको विषयमा थप पहल लिने बताउनु भयो ।
मानव अधिकार रक्षक नै असुरक्षित रहेको भन्दै मानव अधिकारमैत्री कानुन निर्माणमा इन्सेकसँग सहकार्य गरेर काम गर्ने बताउनु भयो ।
सशस्त्र द्वन्द्वदेखि नै इन्सेकले महत्वपूर्ण भूमिका खेलेको भन्दै इन्सेकको प्रशंसक रहेको सभामुख शाहीको भनाइ छ ।
सभामुख शाहीलाई मानव अधिकार वर्ष पुस्तक २०२२ हस्तान्तरण गर्दै इन्सेक अध्यक्ष श्रेष्ठले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना भयावह अवस्थामा रहेको भन्दै मानव अधिकारमैत्री कानुन निर्माणमा जोड दिन आग्रह गर्नु भयो ।
मुख्यमन्त्री शाही र सभामुख शाहीसँगको छलफलमा अध्यक्ष श्रेष्ठसहित इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, इन्सेकका निर्देशक मदन पौडेललगायत सहभागी हुनु भएको थियो ।
पूर्णबहादुर खड्का
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…