करेन्ट लगाएर हत्या प्रयास गरेको आरोपमा उजुरी, इन्सेक र आयोगद्वारा घटनाको अनुगमन
सिन्धुली जिल्ला गोलञ्जोर गाउँपालिका–२ घर भई जनकपुरधाम उपमहानगरपालिका–९ रजौलमा बस्दै आएकी २२ वर्षीया राधिका कार्कीलाई करेन्ट लगाएर हत्या प्रयास गरेको आरोपमा क्षिरेश्वरनाथ नपा–५ बस्ने २८ वर्षीय अरुणकुमार साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा असार ५ गते पीडितकी आमा अम्बिका कार्कीले उजुरी दिएकी छिन् ।
यसैबिच, असार ६ गते विहान इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवान, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, सदस्य जया घिमिरे लगायतको टोलीले पीडितलाई प्रादेशिक अस्पताल जनकपुरमा भेट गरि घटनाबारे जानकारी लिनु भएको छ ।
छोरी राधिकामाथि भएको घटना थाहा पाएपछि गाउँका मान्छेसँग गाडी भाडाका लागि पैसा मागेर प्रादेशिक अस्पताल जनकपुर आएको पीडितकी आमाले बताउनु भयो । पति पनि विरामी भई काठमाडौँमा उपचार गराइ राख्नु भएको र घरको आर्थिक अवस्था कम्जोर रहेकोले उपचारमा समस्या भएको उहाँको भनाई थियो ।
टोलीले घाइते राधिकाको उपचार अवस्था बारेमा प्रादेशिक अस्पतालका प्रमुख डा. कृष्णदेव साह र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख सुरेन्द्र पौडेललाई भेटेर जानकरी लिनु भएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी पौडेलले घटनाको प्रभावकारी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदिप बहादुर क्षेत्रीले आदेश गर्नु भएको थियो ।
प्रदेशिक अस्पताल जनकपुरका प्रमुख साहले राधिकको उपचारमा कुनै कमी आउँन नदिने टोलीसँग प्रतिबद्धता जाहेर गर्नु भयो ।
घटनाबारे जानकारी लिँदै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश प्रमुख पासवानले घटनाको सही तथ्य छानविन गरि दोषीलाई कारवाहीको दायरामा ल्याउन पहल गर्ने बताउनु भएको छ ।
जेठ १४ गते साँझ आरोपित अरुणकुमार साहले राधिकाको दुबै हात र दुबै खुट्टा र पेटमा करेन्ट लगाएर हत्या प्रयास गरेको आरोप छ । घटना लगतै आरोपित साह घटनास्थलबाट फरार भएका छन् ।
प्रेमविवाह गरेर आठ महिनादेखि जनकपुरको थापाचोकमा दुबै जना बस्दै आएका थिए । जेठ १४ गतेका दिन राधिकाले बाचा गरे अनुसार घर लग्न भनेपछि विवाद भएको थियो । त्यसपछि अरुणले हातखुट्टामा करेन्ट लगाएर हत्या प्रयास गरेको पीडित राधिकाले बताउनु भयो ।
करेन्ट लगाएपछि गम्भीर घाइते राधिकालाई धनुषा प्रहरीले उद्धार गरेर प्रादेशिक अस्पताल जनकपुरमा जेठ १४ गते पुर्याएको थियो । प्रादेशिक अस्पतालको सर्जिकल वार्डको बेड नं. १ सय ४० मा भर्ना भएकी राधिकाको १० दिनपछि होस आएको थियो ।
होस आएपछि घटना बाहिरिएपनि आफन्तजनले समेत वेवास्ता गर्दा आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा ढिलो उजुरी दर्ता भएको हो ।
कुरुवा आफन्त नहुँदा अस्पतालकै चिकित्सक, स्वास्थ्यकर्मी र सेक्युरेटी गार्ड राधिकाको उपचार तथा हेरबिचार गर्दै आएका थिए ।
उपचारमा संलग्न चिकित्सक डा.अश्विनी यादवका अनुसार करेन्ट लागेको कारण राधिकाको हात खुट्टाको केही औंला काम नलाग्ने अवस्थामा छ । जुन काटेरै हटाउनु पर्ने चिकित्सकको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप बहादुर क्षेत्रीले राधिकाकी आमाले जाहेरी दिनु भएको छ । हामी गम्भीरतापूर्वक दोषी पत्ता लगाउन अनुसन्धान गरिरहेको बताउनु भयो ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…