करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको म्याद थप नहुँदा बिरामीलाई सास्ती
व्याँस गाउँपालिका अन्तर्गत सञ्चालित स्वास्थ्य संस्थामा करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको म्याद थप नभएपछि यस क्षेत्रका बिरामीहरुले स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनु परेको छ ।
व्याँस गाउँपालिका–२ दुम्लिङका हायात जोहारीले पेट दुख्ने समस्या लिएर निरन्तर दुई दिन सामुदायिक स्वास्थ्य इकाई दुम्लीङ सामुदायिक स्वास्थ्य इकाईमा पुगेको भएपनि औषधि दिने स्वास्थ्यकर्मी नहुँदा रित्तो हात्त घर फर्किनु परेको गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– 'स्वास्थ्य समस्या ठिक नभएपछि चार घण्टा पैदल हिडेर मालघाटस्थित झोलुङ्गे पुल तरेर थप उपचारको लागि खलंगा आउन बाध्य भए । दुम्लीङबाट राप्ला स्वास्थ्य चौकी जान पाँच घण्टा बढि समय लाग्छ । त्यस कारण खलंगा आउन सजिलो हुने भएकोले उपचारका लागि आए ।'
उहाँमात्र हैन अहिले दुम्लीङका स्थानीयले बिरामी हुँदा नियमित औषधि पाउन सकेका छैनन् । दुम्लीङकै बैशाखी जोहारी पनि उपचारको लागि सदरमुकाम आउनु भएको छ ।
व्याँस गाउँपालिकाले करारका कर्मचारीको म्याद थप नगरेपछि हाल स्वास्थ्य सेवा प्रभावित भएको हो ।
स्वास्थ्यकर्मी नहुँदा गाउँपालिका अन्तर्गत सञ्चालित तीन ओटा सामुदायिक स्वास्थ्य इकाई दुम्लीङ, हुती र डोकट स्वास्थ्य इकाईको स्वास्थ्य सेवा प्रभावित बनेको छ ।
करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको भरमा सञ्चालित स्वास्थ्य सस्थाहरुमा साउन १ गतेबाट करार अवधि नथपिएपछि अहिले स्वास्थ्य इकाई कार्यालय सहयोगीले चलाएका छन् । तर, औषधि वितरण गर्न नसक्ने भएका कारण बिरामीले समस्या भोग्नु परेको छ ।
०७५ सालपछि थपिएका स्वास्थ्यकर्मीको करार अवधि थप नहुँदा केही स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी अभाव भएको व्याँस गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रसिह कुँवरले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘स्वास्थ्यका कर्मचारी समस्या बारे गाउँपालिकालाई जानकारी गराइएको छ । चाडै व्यवस्थापन होला ।’
व्याँस गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धिरनसिह बुढाथोकीले गाउँपालिकाले स्वास्थ्य शिक्षामा बैकल्पिक व्यवस्था नगरि करार कर्मचारीको म्याद थप नगरेका कारण सेवाग्राहीले समस्या भोग्नु परेको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘मेरो वडाको स्वास्थ्य इकाईमा कार्यालय सहयोगीले स्वास्थ्य इकाई खोल्नु हुन्छ । बिरामी हुँदा औषधि वितरण गर्ने कुरो भएन् । अनुभव नभएको व्यक्तिले अर्कै औषधि दिएर कसैको ज्यानमा तलमाथि भइदिए जिम्मेवार को हुने ? अहिले बिरामीहरु दिनहुँ स्वास्थ्य संस्था पुगेर औषधि नलिएरै फर्किन्छन् । मौसम परिवर्तनका कारण बिरामी बढ्दै गएका छन् । केही बिरामीहरु उपचारको लागि खलंगा आउँछन् ।’
व्याँस गाउँपालिकाका प्रवक्ता उपेन्द्रसिह धामीले अहिलेलाई वडालाई जिम्मेवारी दिएर डोर हाजिरको माध्यमबाट स्वास्थ्यकर्मी व्यवस्थापन गर्न भनिएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘हामी आजभोली मै स्वास्थ्यकर्मीको लागि विज्ञापन खोल्दै छौँ । नयाँ कर्मचारी आउञ्जेल दैनिक ज्याला दिएर स्वास्थ्यकर्मी व्यवस्थापन गर्न लगाइएको छ ।’
शैल्यशिखर नगरपालिकामा पनि साउन १ गतेबाट करारका सबै कर्मचारी हटाएको छ । नगरपालिकाले पुराना स्वास्थ्यकर्मीको करार सम्झौता रद्द गरी गत साउन १० गते स्वास्थ्य क्षेत्रको लागि स्टाफ नर्स पाँच जना, एनेस्थेटिक सहायक एक जना, ल्याब असिस्टेन्ट तीन जना, अहेव १३ जना, अनमी २१ जना, कार्यालय सहयोगी १८ जना, स्वीपर ११ जना, पाले दुई जना, माली एक जना र स्वीपर सहायक पाँच जना गरी ८० जनाका लागि दरखास्त आह्वान गरेको छ ।
साविकका कर्मचारीको करार म्याद थप नगरिएपछि स्वास्थ्य क्षेत्रमा समस्या देखिने भएपछि एकै पटक कर्मचारी भर्नाको विज्ञापन खोलिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले बताउनु भयो ।
नगरपालिकाभरी वर्थिङ् सेन्टर सहित एक अस्पताल, आठ ओटा स्वास्थ्य चौकी, तीन ओटा शहरी स्वास्थ्य इकाई र दुई ओटा सामुदायिक स्वास्थ्य इकाइ छन् ।
यसअघि नगरपालिकाभरीका स्वास्थ्य संस्थाहरुको लागि १ सय १२ जना कर्मचारी भर्ना गरिएको थियो ।
नेपालको संबिधानको धारा ३५ को (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको व्यवस्था गरिएको भएपनि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा नागरिकले निःशुल्क पाउने स्वास्थ्य सेवाबाट वञ्चित हुन परेको छ ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…