करारका कर्मचारी छनोटमा राजनीतिक पुर्वाग्रह गरेको भन्दै माओवादी केन्द्रद्वारा गाउँपालिकामा तालबन्दी
सर्केगाड गाउँपालिकाले करारमा नियुक्त गर्ने कर्मचारीको छनोट प्रक्रियामा राजनीतिक पूर्वाग्रह गरेको भन्दै नेकपा माओवादी केन्द्रका कार्यकर्ताले भदौ २३ गतेदेखि सर्केगाड गाउँपालिकाको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
गाउँपालिकाले करार कर्मचारी भर्नाका लागि लिएको लिखित र मौखिक परीक्षामा प्रश्नपत्र आउट गरेको, कर्मचारी भर्ना प्रक्रियालाई मनोमानी रुपमा अघि बढाएको आरोप लगाउँदै माओवादी केन्द्रले गाउँपालिकामा तालाबन्दी गरेको जनाएको छ ।
कार्यपालिकाको बैठक नै नबसिकन कर्मचारी छनोट प्रक्रिया अघि बढाएको भन्दै नेकपा माअोवदी केन्द्र सर्केगाड गाउँकमिटीको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको माओवादी केन्द्र सर्केगाड गाउँपालिकाका सचिवालय सदस्य मानबहादुर थापाले बताउनु भयो ।
तर, माओवादीको आरोपप्रति गाउँपालिकाले अस्वीकार गर्दै गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार माओवादी केन्द्रबाटै निर्वाचित गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको संयोजकत्वमा छनोट प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताउनु भयो ।
अध्यक्ष रोकायाले माओवादीले गाउँपालिकाको कार्यालयमा तालबन्दी गर्ने काम राम्रो नभएको प्रतिक्रिया दिनु भयो ।
पुरानो करार सम्झौता नविकरण नगरेको सर्केगाडले गत साउन २२ गते करारका कर्माचारीको नयाँ भर्नाका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।
गाउँपालिकाकाका लागि आवश्यक प्रशासन सहायक, अनमी, अहेब, बैद्य, रोजगार सहायक, इञ्जिनियर, पशु प्राविधिक, कृषि प्राविधिक, शिक्षक, कम्प्युटर अप्रेटरलगायतका ५३ ओटा पदमा खुला विज्ञापन अनुसार भदौ १० गते लिखित परीक्षा सञ्चालन गरेको थियो ।
गाउँपालिका कार्यालयमा तालाबन्दी गरेपछि गाउँपालिकाबाट प्रवाह हुने सम्पुर्ण सेवा प्रभावित भएको सर्केगाड गाउँपालिकाका स्थानीय पवन शाहीले बताउनु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सांसद पद ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…