करारका कर्मचारीद्वारा वडा कार्यालयमा तालाबन्दी
मेन्छयायेम गाउँपालिका-१ मा कार्यरत करारका कर्मचारी खेमनाथ गौतमलाई गाउँपालिकाले हटाएको विरोधमा करारका कर्मचारीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
करारका कर्मचारी हटाएको विरोधमा करार सेवामा कार्यरत कर्मचारीले मेन्छयायेम गाउँपालिका-१ को वडा कार्यालयमा १५ दिनयता तालाबन्दीलाई जारी राखेका छन् ।
गाउँपालिकाले ०८० साउन २९ गते करारका कर्मचारी खेमनाथ गौतमको म्याद नवीकरण नगरेपछि सोही मितिदेखि करारका कर्मचारीले मेन्छयायेम गाउँपालिका-१ वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दी गरेको दुई साता बितेपनि करारका कर्मचारीको आन्दोलन र स्थानीय सरकारले समस्या समाधानका लागि चासो नदिँदा सेवाग्राही समस्यामा परेका छन् ।
फरक पाटी्र्रमा आस्था राख्ने कर्मचारी राजनीतिक पूर्वाग्राही सोच राखेको आरोपमा नेपाली कांग्रेस मेन्छयायेम गाउँपालिका-१ समिति र नेकपा माओवादी केन्द्र मेन्छयायेम गाउँपालिका-१ कमिटिले साउन २९ गते वडा कार्यालयमा ताला लगाएको गाउँपालिका उपाध्यक्ष गीता गौतमले बताउनु भयो ।
नियमित रूपमा काम गरिरहेकै अवस्थामा करारमा नियुक्त भएका वडाका कर्मचारी खेमनाथ गौतमलाई एक्कासी गाउँपालिकाले हटाएकोले विनाशर्त पुर्नवहाली नगरेसम्म ताला नखुल्ने नेपाली कांग्रेस वडा सभापति जनिकुमार लिम्बूले बताउनु भयो ।
वडा कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत खेमनाथ गौतम उक्त अवधिमा कार्यालयमा विना जानकारी १६ दिनसम्म हाजिर नभएको हुँदा निजलाई उल्लेखित कार्यविधि अनुसार ०८० भदौ १ गते देखि लागू हुने गरी करार अवधि थप नगरिएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङ्गले बताउनु भयो ।
मेन्छयायेम गाउँपालिकाले समस्या समाधानका लागि प्रेस विज्ञप्ति जारी गरी आन्दोलनरत पक्षसँग सम्वादका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।
आन्दोलनरत पक्ष र स्थानीय सरकारबिच समस्या समाधानका लागि भदौ ८ गते वार्ता भएको भएपनि निश्कर्षमा पुग्न नसकिएको नेपाली कांग्रेस वडा सभापति जनिकुमार लिम्बूले बताउनु भयो ।
कार्यालय सहयोगी खेमनाथ गौतमको पक्षमा आन्दोलनरत करारका कर्मचारीले करारमा नियुक्त भएका सबै कर्मचारीलाई हटाउन वा गौतमलाई पुर्नवहालीको माग राखेका छन् ।
सुरेश खत्री
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…