कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा तीन ठाउँमा विष्फोट
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असार ११ गते जिल्लाका दुई स्थानमा बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।
मदाने गाउँपालिका-७ को दिपक माविको बुथ नजिक र वडा नम्बर ६ को बुथ नजिकै राति बम विष्फोट भएको प्रहरीले जनाएको छ ।
असार ११ गते राति यहाँका नागरिकलाई आतङ्कित पार्न गाउँनै थर्किने गरी बम पड्किएको मतदान अधिकृत ताराबहादुर राउतले बताए । 'राति गाउँ नै थर्किएको थियो । के पडकाए भनेर हेर्न जाँदैछौ ।'-उनले भने-'बम नै हो वा अन्य विष्फोटक पदार्थ थाहा भएन ।'
त्यस्तै उक्त समूहले सोही गाउँपालिकाको टिम्मुरखर्क मतदान केन्द्र नजिकै पनि विष्फोटक पदार्थ विष्फोट गराएको जनाइएको छ । राति सो स्थानमा भएको विष्फोट बम हो वा अरू भन्ने अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका जिल्ला प्रमुख दिग्वीजय सुवेदीले बताए ।
घटनामा संलग्नलाई तत्काल खोजी गरेर गिरफ्तार गर्न मातहतका प्रहरीलाई निर्देशन दिइएको जिल्ला प्रहरी प्रमुख भोला रावलले बताए । निर्वाचन विरोधी अभियानमा रहेको नेपाल कम्युनिष्ट पार्टीले यसअघि पनि जिल्लाका विभिन्न गाउँपालिकामा साइनबोर्ड फाल्ने र आफ्नो झण्डा राख्ने जस्ता गतिविधि गरेको थियो ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज…
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…