कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा स्थानीय तहका 'साइनबोर्ड' फालियो
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्यूठान नपा, स्वर्गद्वारी नपा र माण्डवी गाउँपालिकामा रहेका साइनबोर्ड वैशाख १० गते राति फालेका छन् ।
प्यूठान नपा-७ मा रहेको कार्यालयको साइनबोर्ड, यसैगरी स्वर्गद्वारी नपा-३ मा रहेको कार्यालयको बोर्ड र माण्डवी गाँउपलिका-३ मा रहेको कार्यालयको बोर्ड पनि वैशाख १० गते राति सो पार्टीका कार्यकर्ताले फालेको बताइएको छ ।
स्वर्गद्वारी नगरपालिका नजिक नेपाल कम्युनिष्ट पार्टीको पर्चा भेटिएको र पर्चाको अधारमा सोही पार्टीका कार्यकर्ताले फालेको खुलेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख रञ्जितसिंह राठोरले बताए ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज ददिराम सुवेदीले अहिले हुन गइरहेको स्थानीय निर्वाचनको विरोधमा केन्द्रीय कार्यक्रम अन्तरगत साङ्केतिक कार्यक्रम गरिएको बताए । स्थानीय तहको निर्वाचन आफूहरूलाई मान्य नभएको बताउँदै उनले निर्वाचनको निरन्तर विरोध गर्ने बताए ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
नेपालकै पहिलो बालमैत्री नगरका ३३ जना बालबालिकामा कुपोषणको समस्या
बालमैत्री नगर घोषणाका लागि ०६६ देखि योजना तय गरी ०७३ वैशाख ३१ गते नेपालकै पहिलो बालमैत्री नगरका रूपमा घोषणा गरिएको विराटनगरमा ३३ जना बालबालिकामा कुपोषणको समस्या पाइएको छ । विराटनगर…
हत्या घटनाका आरोपितविरूद्ध उजुरी
यशोधरा गाउँपालिका– १ की २२ वर्षीया नसिमा खातुनको हत्या गरेको आरोपमा मृतकका माइती पक्षले मृतकका पति २६ वर्षीय प्रवेज आलम मुसलमान र सासु ४५ वर्षीया साजमा खातुनविरूद्ध असोज ४ गते …
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…