कमैया मुक्ति आन्दोलनका अगुवा दुखुवा थारूको निधन
कमैया मुक्ति आन्दोलनका अगुवा तथा मानवअधिकार र सामाजिक न्यायका अभियान्ता दुखुवा थारूको ०७३ कातिक १२ गते राति निधन भएको छ । ६८ वर्षीय दुखुवाको ढोढरी गाविस–१ स्थित आफ्नै निवासमा निधन भएको हो ।
गरिब किसान, मुक्त कमैया र सुकुम्वासीहरूको प्यारा अगुवाको रूपमा मध्यपश्चिममा मात्रै नभएर देशैभर उनी सूपरिचित थिए । उनले गरिब किसान, मुक्तकमैया र सुकुम्वासीहरुको मुक्ति र गास, बास, कपासको लागि आवाज उठाउनुको साथै आन्दोलनमा अगुवाइ गर्दै आएका थिए ।
२००५ सालमा जन्मिएका दुखुवा थारू गरिबी मै हुर्के र बढे । गास, बास र कपासको लागि सानै उमेरदेखि जमिन्दारको घरमा बर्दिवा, कमैया बस्न बाध्य भएका उनी शिक्षाबाट वञ्चित भए पनि मानिस, मानिस भएर जीउनको लागि राज्य र सामन्त जमिन्दारहरूविरुद्ध जुझारु तरिकाले निरन्तर आवाज उठाउन र लड्नु कहिल्यै पछि हटेनन् ।
२०३६ सालमा भएको निरदल र बहुदलबिचको चुनावमा बहुदलको पक्षमा लागि उनले कमैया जस्तो दास प्रथाबाट आफू र आफूजस्तै गरिब दुःखीलाई मुक्ति दिलाउन अवसरको रुपमा प्रयोग गरे । २०४६ सालको जनआन्दोलनमा गरिब कमैया तथा सुकुम्बासी बस्ती पुगी आफू भोकै भए पनि मुक्तिको आन्दोलनमा सहभागी हुन चेतना फैलाउने काम गरे ।
उनी जहाँ जहाँ पुग्थे
‘जागो रे कमैया सुकम्बासी, हम्र सक्कु ज हुइटी रे दुखारी, जागो जागो रे कमैया सुकम्बासी, ना मोर बैठ्ना बास, ना मोर खैना गास’
बोलको गीत गाउँदै हिँडे । सो गीतमा उनीहरूको वास्तविक भोगाइ र त्यसबाट मुक्तिको लागि आन्दोलन गर्नु पर्ने सन्देश थियो । यो गीत गाउँदै कमैयाहरूको मुक्तिको आन्दोलन अगुवाइ गर्दै गाउँमा मात्र नभइ काठमाडौँसम्म २०५६ सालमा पुगेका थिए । यसले कमैया मुक्तिको आन्दोलनलाई अगाडि बढाउन उर्जाको काम गर्दथ्यो । अन्ततः सरकारले २०५७ साल साउन २ गते कमैयाहरूको, सौकि मिनाहा गरी मुक्ति घोषणा गरेको थियो ।
आफू कमैया भएर पनि स्वतन्त्रता र मुक्तिको आन्दोलनमा अगुवाइ गर्दै पछिल्लो समयमा पनि निरन्तर मानवअधिकार र समाजिक न्यायको लागि महत्वपुर्ण योगदान पुर्याएको मुल्याङ्कन गर्दै इन्सेकले २०६५ साउन १६ गते प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरेको थियो ।
इन्सेकको साधारण सदस्यसमेत रहेको कमैया मुक्ति आन्दोलनका अगुवा दुखुवा थारूको ०७३ कात्तिक १३ गते थारु संस्कार अनुसार अन्त्येष्टी गरिएको छ । अन्त्येष्टी गर्नुअघि इन्सेकमध्य पश्चिमाञ्चाल क्षेत्रीय कार्यालयका संयोजक भोला महत, मानव अधिकारकर्मी, स्थानीय राजनीतिक नेतृत्व, परिवारका सदस्य तथा सर्वसाधारणले अन्तिम श्रदान्जली दिएका थिए ।
सो अवसरमा इन्सेकका क्षेत्रीय कार्यालयका संयोजक महतले दुखुवा थारूले आफ्नो जीवनको महत्वपूर्ण समय समग्र मानव अधिकार र सामाजिक न्यायका लागि खर्चिएर योगदान पुर्याएको बताए । थारूकी पत्नीको यस अघि नै निधन भइसकेको छ । उनका चार जना छोरा छन् ।
मानबहादुर चौधरी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…