कमैया मुक्ति आन्दोलनका अगुवा दुखुवा थारूको परिवारलाई इन्सेकद्वारा आर्थिक सहयोग
कमैया मुक्ति आन्दोलनका अगुवा तथा मानव अधिकार र सामाजिक न्यायका अभियान्ता दुखुवा थारूको परिवारलाई कात्तिक २२ गते इन्सेकले २५ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महतले दुखुवा थारूको मृत्यु भएको १०औँ दिन आज घरमै पुगेर थारुका छोराहरूलाई नगद सहयोग प्रदान गरेका हुन् ।
रकम प्रदान गर्दै संयोजक महतले दुखुवा थारूले आफ्नो जीवनको महत्वपूर्ण समय समग्र मानव अधिकार र सामाजिक न्यायको लागि खर्चिएको बताए ।
स्थानीय अशोक सिग्डेलले दुखुवा थारुले सामाजिक न्यायको आन्दोलनको नेतृत्व गरेको योगदानलाई कदर गर्दै आफुहरूले पनि सहयोग गर्ने बताए । सोही अवसरमा दुखुवाका छोरा सुर्यबहादुर थारुले भने-'बुवाले गर्नुभएको कामप्रतिको मुल्याङ्कन गरेर सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छौं । र, आफूहरू पनि बाबाको मार्गमा लम्कन्छौ ।'
लामो समयसम्म बिरामी रहेका ६९ वर्षीय दुखुवाको ०७३ कात्तिक १२ गते ढोढरी गाविस-१ स्थित आफ्नै निवासमा निधन भएको थियो । उनले गरिब किसान, मुक्त कमैया र सुकुम्बासीहरूको प्यारो अगुवाको रूपमा परिचय बनाएका थिए ।
कमैया भएर पनि स्वतन्त्रता र मुक्तिको आन्दोलनमा अगुवाइ गर्दै मानव अधिकार र सामाजिक न्यायको लागि महत्वपुर्ण योगदान पुर्याएको मुल्याङ्कन गर्दै दुखुवा थारुलाई इन्सेकले प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरेको थियो ।
आजै इन्सेकले शोक वक्तव्य जारी गर्दै दुःखुवा थारुले गरिब किसान, मुक्त कमैया र सुकुम्बासीहरूको मुक्ति, गास, बास र कपासको लागि आवाज उठाउनुको साथै आन्दोलनमा अगुवाई गर्दै आएको स्मरण गरेको छ । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ-'उहाँको योगदानको कदर गर्दै इन्सेकले २०६४ सालमा प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गरेको थियो ।'
मानबहादुर चौधरी
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…