कमजोर व्यवस्थापनका कारण दुई जना बालकहरू बालसुधार गृहबाट फरार
वीरगंज महानगरपालिका–४ विर्तास्थित बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण ०८० असोज १२ गते बिहान दुई जना बालकहरू फरार भएका छन् ।
बालसुधार गृहको छतमाथिबाट हाम फालेर ती बालकहरू फरार भएका हुन् । फरार भएका बालकहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार विक्रम थापाले बताउनु भयो । उहाँले भन्नु भयो, “आज बिहान उनीहरू छतमाथिबाट छत माथिको तारजाली काटेर हाम फालेर फरार भएका हुन् । खोजी कार्य भइरहेको छ ।”
फरार भएकाहरूमध्ये एक जना कर्तव्य ज्यान र अर्का एक जना जबरजस्ती करणी मुद्दामा बाल सुधार गृहमामा राखिएको थियो ।
भक्तपुर बाल सुधार गृहबाट वीरगंज बाल सुधार गृहमा ल्याइएका बालक र यहाँ पहिल्यैदेखि बस्दै आएकाहरूबिच भदौ २६ गते मात्रै झडप भएको थियो । झडपमा दुई जना प्रहरीसहित १३ जना घाइते समेत भएका थिए । झडप पश्चात् भक्तपुरको सुधार गृहबाट ल्याइएका मध्येका १५ जना बालकहरूलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा राखिएको छ ।
झडप हुनु भन्दा पहिला सुधार गृहमा असईको नेतृत्वमा सादा पोशाकका सात जना प्रहरीहरू खटाइएको थियो भने हाल नौ जना प्रहरीलाई खटाइएको छ । तरपनि दिन मै बालकहरू भाग्न सफल हुनुमा व्यवस्थापन पक्षको लापरबाही देखिएको छ ।
सुधार गृहको कमजोर व्यवस्थापना र भौतिक संरचना पनि प्रयाप्त नहुँदा बालकहरूलाई भाग्न सहज भएको देखिएको छ । हाल ६० जना बस्ने क्षमता रहेको बाल सुधार गृहमा १ सय २६ जनालाई राखिएको छ ।
१०/११ को सांघुरो एउटा कोठामा १४/१५ जना बालबालिकाहरू बस्नु पर्ने बाध्यता रहेको छ । एउटा कोठामा खाटमाथि खाट राखेर बालबालिकाहरूलाई बस्न लगाइएको छ ।
ढेड कठा क्षेत्रफलमा बनाइएको बाल सुधार गृहमा नौ ओटा मात्र बालबालिकाहरू बस्ने कोठा छन् । अरु कोठाहरूमा कार्यालय संचालन गरिएको छ । सुधार गृहमा घुमफिर गर्ने खालि ठाउँ र खेल मैदान पनि छैन् । गर्मी मौसममा बिजुली कट्दा वैकलपिक बत्तिको व्यवस्था पनि छैन् । फरार हुने दुबै १७ बर्षिय बालबालिका हुन् ।
शम्भु कुमार सुमन
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…