कमजोर वर्गको अवस्था सुधार्न इन्सेक अभियान- अध्यक्ष अर्याल
इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले कमजोर वर्गको अवस्था सुधार्न र उनीहरूलाई मानव अधिकारमा पहुँच पुर्याउन इन्सेक अभियान जारी रहने बताउनु भएको छ ।
इन्सेक प्रदेश १, कार्यालयले फागुन १७ गते विराटनगरमा आयोजना गरेको मानव अधिकार र मानवीय अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा इन्सेक अध्यक्ष डा.अर्यालले मानव अधिकारका दृष्टिकोणबाट नेपालमा कमजोर वर्गको अवस्था सुध्रान आवश्यक रहेको बताउनु भयो ।
उहाँले इन्सेकले प्रमाणका आधारमा नेपालमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनालाई वर्ष पुस्तकमार्फत दस्तावेजीकरण गर्दै आएको र सोही दस्तावेजीकरणका आधारमा नेपालमा कमजोर वर्ग मानव अधिकारको पहुँच प्राप्तिबाट टाढै देखिएकाले उनीहरूको अवस्था सुधार्न आवश्यक रहेको बताउनु भयो ।
अध्यक्ष अर्यालले हिरासत वा कारागार मृत्यु घटना केही कम भएपनि अन्त्य नभएको बताउनु भयो । उहाँले अहिले पनि समिति वर्गको स्वार्थका लागि कमजोर वर्ग पीडित भएको बताउनु भयो ।
अध्यक्ष अर्यालले विगतमा भन्दा नेपालमा मानव अधिकारका घटनाको प्रकृति बदलिँदै गएको र कमजोर वर्ग सबैभन्दा पीडित भएको बताउनु भयो । उहाँले घरेलु हिंसा, लैङ्गिक हिंसाका घटनामा कमजोर वर्ग पीडित भएको बताउनु भयो ।
अध्यक्ष अर्यालले अब इन्सेकले कमजोर वर्गको मानव अधिकार प्राप्तिका लागि अभियानहरू सञ्चालन गर्ने बताउनु भयो ।
परम्परादेखि कमजोर बनाइएका वर्गको अवस्था सुधार गर्न विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेकाले आगामी दिनमा इन्सेकको अभियान सोही दिशामा केन्द्रीत हुने अध्यक्ष अर्यालले बताउनु भयो । उहाँले पम्परागत सामाजिक कुप्रथा विरुद्ध र नागरिकका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा सरकारको विशेष ध्यान जान आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो‘नागरिकका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयलाई सबै पक्षले विषेश ध्यान दिन जरूरी देखिएको छ ।’
अध्यक्ष अर्यालले न्यायप्राप्तिको प्रक्रिया जटिल हुँदा न्याय पाउनबाट धेरै नागरिक वञ्चित भएको र राज्यले कानुन बनाए पनि कानुन कार्यान्वयन प्रभावकारी नहुँदा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा अझै पनि पीडितहरूले न्याय नपाएको बताउनु भएको छ ।
सो अवसरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि मानव अधिकार उल्लङघन तथा ज्यादतीका घटनाको प्रदेशमा उत्कृष्ट अभिलेखीकरण गर्नु भएका इन्सेक धनकुटा प्रतिनिधि ईश्वर थापालाई नगद सात हजार रुपियाँ, उत्कृष्ट प्रतिनिधि उल्लेख भएको इन्सेकको लोगो र प्रशंसापत्रले सम्मान गरिएको इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाले बताउनु भएको छ ।
विनोद सुवेदी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…