कपाल नकाटेको आरोपमा विद्यार्थीलाई कुटपिट गरेको आरोप
पुरन्चौरको भारतिभवन माविमा कक्षा १० मा अध्यनरत १५ वर्षीय अनिष गौतमलाई सोही विद्यालयका शिक्षकहरूले कपाल पालेको आरोपमा भदौ २२ गते कुटपिट गरेको पीडित बालककी आमा पार्वती गौतमले आरोप लगाएकी छन् ।
शिक्षक मिनराज ढुङ्गाना, बासु तिवारी, धर्मदत्त अधिकारी र प्रधानाध्यापक गोविन्द काफ्लेले कपाल पालेको आरोपमा भदौ २२ गते कुटपिट गरेको भएपनि पार्वती गौतमले राष्ट्रिय बाल दिवसका दिन भदौ २९ गते एक कार्यक्रममा उक्त आरोप लगाएकी हुन् ।
‘शिक्षक ढुङ्गानाले कपाल किन पालेको ? भन्दै सोधपुछ गर्दा अनिषले भोलि काटेर आउने जबाफ फर्काए पनि हप्काउँदै कुटपिट गरेछन् ।’–पार्वती गौतमले बताइन् ।
घटनाबारे पीडित बालकले घरमा पुगेर भनेपछि प्रधानध्यापक गोविन्द काफ्लेले भनेको कुरा पार्वतीले यसरी सुनाइन्–‘जे भयो भयो अब यो घटनालाइ बाहिर नलैजानुहोस् । हामी कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्छौ । पीडित बालकको सम्पूर्ण उपचार खर्च तथा मासिक फिसमेत मिनाह गरिदिन्छौ ।’
विद्यार्थीलाई कुटपिट गरेको घटना खेदजनक रहेको जिल्ला बालकल्याण समितिका सदस्य रविराज वसौलाले बताए ।
विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न जरुरी भएपनि कुटपिट गर्न नहुने र भारतिभवन माविमा भएको घटना सम्बन्धमा आफूले बुझेर विद्यालय प्रशासनलाइ सचेत गराउने जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताए ।
विष्णुप्रसाद अधिकारी
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…