कथित बोक्सोको आरोप लगाउँदै हत्या गरेको कसुरमा जन्मकैद
डाँढा गाविस–८ मनियारी पर्साही मुसहरी टोलका ६५ वर्षीय खटर सदालाई कथित बोक्सोको आरोप लगाउँदै हत्या गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको सोही ठाउँका ६१ वर्षीय भोला सदालाई जिल्ला अदालतले पुस १८ गते जन्मकैद सजायको फैसला गरेको छ ।
सुतिरहेका बेला ०७३ मङ्सिर २ गते राति सिलौटाले प्रहार गरी हत्या गरेको आरोपमा जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलाशले आरोपितलाई जन्मकैद सजायको फैसला गरेको स्रेस्तेदार दिलकुमार वर्देवाले बताए ।
मृतकको राजविराजस्थित गनासिं सरगरमाथा अञ्चल अस्पतालमा ०७३ मंसिर ३ गते पोष्टमार्टम भएको थियो ।
मृतककी पत्नी ५५ वर्षीया खिखरीदेवी सदाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०७३ मङ्सिर ३ गते दिएको उजुरीका आधारमा आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो ।
जिल्ला न्यायाधीश राजेश कुमार काफ्लेको आदेशमा आरोपित पुपक्षर््ाका लागि मङ्सिर २२ गतेदेखि राजविराज कारागारमा थुनामा छन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…