'बोक्सी' लागेर बिरामी परेको भन्दै एक जना छात्रालाई शारीरिक यातना
ढकारी गाउँपालिका–१ स्थित विश्वज्योति आधारभूत विद्यालयमा अध्ययनरत एक जना छात्रालाई 'बोक्सी' लागेर बिरामी परेको भन्दै विद्यालय कोठा भित्रै यातना दिएको भिडिओ सामाजिक सञ्जालमा प्रकाशित गरिएको छ ।
स्थानीय रमेशप्रसाद जैशीले फेसवुकमार्फत सार्वजनिक गरिएको भिडियाेमा दुई जना छात्रलाई देवता कमाउन लगाएर छात्रामाथि लछारपछार गरिएको छ ।
विद्यालयमा के कारणले बालिकाको शरीर कम्पन भएर मुर्छा पर्ने समस्या देखिएको हो यस सम्बन्धमा सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको भन्दै स्थानीय जैशीले भिडियाे सहित सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
जैशीले सार्वजनिक गर्नुभएको भिडियाेमा छात्रालाई भूत लागेको भनेर केही छात्राको आवाज पनि सुनिएको, दुई जना छात्रलाई देवता आएको भन्दै छात्रालाई लछारपछार गरेको दृष्यसँगै शिक्षकहरु पनि देखुनुभएकोले यस घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय,अछामका इन्स्पेक्टर अजुर्न साउदले बताउनु भयो ।
घटनाका बारेमा जानकारी लिनका लागि विद्यालयका प्रधानाध्यापक बद्री रिमालसँग सम्पर्क हुन नसकेपछि ढकारी प्रहरी चौकीबाट प्रहरी खटाइएको इन्स्पेक्टर साउदले बताउनु भयो ।
तपेन्द्र कुँवर
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…