कथित बोक्सी भन्दै दुर्व्यवहार गरेको आरोपमा वडा सचिवसहित तीन जना गिरफ्तार
५२ वर्षीया दुई जना महिलालाई कथित बोक्सी आरोपमा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका-४ घरभई सोही नपा-५ वडा सचिव ५४ वर्षीय टीकाराम आचार्य, उनकी पत्नी ४८ वर्षीया कमला आचार्य र छोरी २३ वर्षीया प्रतिज्ञा आचार्यलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ ।
आरोपितहरूले कात्तिक २५ गते कथित बोक्सी आरोप लगाउदै दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक २६ गते उजुरी दिएपछि आरोेपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिलबहादुर मल्लले बताए ।
पीडितका अनुसार टीकारामले घरमा बोलाएको र आमा छोरीले बोक्सी लगाई बिरामी पारेको भन्दै दुर्व्यवहार गरेका थिए ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…