'बोक्सी' भन्दै अमानवीय व्यवहार गर्ने आरोपित हाजिर
राजविराज नगरपालिका-१ शिवथानकी ४८ वर्षीया कैली देवी यादवलाई 'बोक्सी' भनेर मलमुत्र र फोहोर विष्टा खुवाउन खोजी कुटपिट गरेको आरोपमा फरार रहेका सोही ठाउँका ६८ वर्षीय फुलचन्द्र यादव ०८१ असार १६ गते जिल्ला अदालतमा हाजिर भएका छन् ।
जिल्ला अदालतमा हाजिर भएका आरोपित यादव न्यायाधीश दीपककुमार दाहालको इजलासबाट १० हजार रुपियाँ धरौटीमा रिहा भएको अदालतले जनाएको छ ।
यसअघि आरोपित राजविराज नगरपालिका-१ शिवथानकी ४९ वर्षीया बिणा भनिने लुखियादेवी यादव असार ५ गते न्यायाधीश तिलकबहादुर कार्कीको इजलासबाट ३५ हजार रुपियाँ धरौटीमा रिहा भएकी थिइन् ।
अदालतमा हाजिर भएकी आरोपित ३४ वर्षीया सुनिता देवी यादव न्यायाधीश मणिराम न्यौपानेको इजलासबाट ०८१ असार २ गते १८ हजार रुपियाँ धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा भएकी थिइन् ।
अदालतमा हाजिर भएका सुनिताका पति ३५ वर्षीय बितवा भनिने हरेराम यादव न्यायाधीश संजिव पोखरेलको इजलासमा जेठ ३० गते २५ हजार रुपियाँ धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा भए । अर्का आरोपित फुलचन्द्रका बुहारी सोबिता जेठ २८ गते न्यायाधीश उद्वीर नेपालीको इजलासबाट ३५ हजार रुपियाँ धरौटीमा रिहा भइन् ।
आरोपित सोबिताका पति सुरेन्द्र र विणाका पति चन्देश्वर ०८० चैत २१ गते गिरफ्तार भएका थिए । जिल्ला अदालतमा वैशाख १० गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले वैशाख १२ गते फुलचन्द्रका छोरा सुरेन्द्र र लुखियाका पति चन्देश्वर पुर्पक्षका लागि कारागारमा थुनामा छन् । पछिल्लो पटक फुलचन्द्र हाजिर भएपछि कथित बोक्सी मुद्दाका सबै आरोपित हाजिर भएको अदालतले जनाएको छ ।
आरोपितहरूले ०७९ चैत २९ गते जग्गा जमिनको विषयमा घेरा हाली बोक्सी भन्दै मलमुत्र र फोहोर विष्टा खुवाउन खोज्दै कुटपिट गरेको पीडितले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयले पीडितको उजुरी दर्ता नगरेपछि उच्च अदालत जनकपुर राजविराज इजलासमा ०८० असार ६ गते दिएको निवेदन अनुसार ०८० माघ ११ गतेको परमादेश जारी भएको थियो । परमादेशपश्चात पीडितले फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकोमा ०८० फागुन २३ गते सनाखत भई उजुरी दर्ता भएको थियो । आरोपितहरूले जग्गा जमिनको विषयमा वादविवाद भएको तर बोक्सी भन्दै कुटपिट नगरेको बताएका छन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…