कथित बोक्सी आरोपमा अभक्ष कोच्याउन खोज्ने घटनाका आरोपित गिरफ्तार
७४ वर्षीया ज्येष्ठ नागरिक महिलालाई कथित बोक्सी आरोपमा मानव अभक्ष कोच्याउन खोज्ने घटनाका आरोपित, पीडितकी बुहारी छिन्नमस्ता गाउँपालिका-४ लालापट्टीकी ४३ वर्षीया रसिदनी खातुनलाई प्रहरीले कात्तिक ११ गते गिरफ्तार गरेको छ ।
रसिदनीकी विरामी छोरीको झारफुक गर्ने क्रममा धामीले सासु जोहरा खातुनले बोक्सी लगाएर विरामी पारेकोले झारफुक नगरी हुँदैन भनेपछि पीडितलाई २०८० कात्तिक २१ गते अभक्ष कोच्याउन खोजी कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता नगरेपछि पीडितले उच्च अदालत जनकपुर राजविराज इजलासमा परमादेश दिनु भएको थियो । उच्च अदालतले परमादेश गरेपछि जिल्ला प्रहरी कार्यालयले ०८१ साउन २७ गते उजुरी दर्ता गरेको थियो ।
अन्य आरोपितहरू ६० वर्षीय बुद्धिलाल यादव भनिने बुद्धिलाल दास, ५५ वर्षीय डम्बर यादव, ५७ वर्षीया जिज्ञानी देबी खंग, ५० वर्षीय मनभरण भनिने मनोज खंग फरार छन् । बुद्धिलालकै भनाईमा पीडितमाथि बोक्सीको आरोप लगाई दुर्व्यवहार र कुटपिट भएको स्थानीयले बताए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
१६ घरधुरी परिवारमा खानेपानी अभाव हुँदा नागरिकहरूलाई समस्या
प्यूठान नगरपालिका-३, पिपलटाकुरा गाउँका १६ घरधुरी परिवार खानेपानी सुविधा नहुँदा समस्या भएको छ । वर्षौँदेखि रहेको बस्तीमा सरकारले खानेपानीको व्यवस्था नगर्दा सबै घरधुरीका नागरिकहरू बस्ती भन्दा तल रहेको थापखोलाको कुवाबाट…
जिल्ला अस्पतालको अक्सिजन प्लान्ट मर्मत नहुँदा बिरामी मर्कामा
जिल्ला अस्पताल, बाजुरामा रहेको अक्सिजन प्लान्ट बिग्रिएको दुई महिना बितिसक्दा समेत मर्मतसम्भार नगरिदा स्वासप्रस्वार तथा दमलगायतका बिरामीहरु मर्कामा परेका छन् । अस्पतालमा रहेको अक्सिजन प्लान्ट मेशीनमा खरावी आएपछी दुई महिनासम्म…
तीन महिनादेखि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित
खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे आधारभूत विद्यालय तीन महिनादेखि बन्द हुँदा पठनपाठन प्रभावित भएको छ । थामेबाट ०८१ साउन ३२ गते आएको बाढीले विद्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षति भएर…
उद्योगबाट निस्कने खरानीयुक्त धुलोले प्रदुषण फैलिएको भन्दै स्थानीय धर्नामा
देवचुली नगरपालिका–२ मा रहेको चौधरी उद्योगबाट निस्किएको धुलोले प्रदुषण फैलिएको भन्दै यसको नियन्त्रणको माग राख्दै स्थानीयले उद्योग परिसरमा कात्तिक २५ गते धर्ना दिएका छन् । उद्योग वरपरका स्थानीयले उद्योगबाट निस्कने…
नचिनेका व्यक्तिहरूको समूहको गोली प्रहारबाट प्रधानाध्यापक घाइते
मकवानपुर जिल्लाको बागमती गाउँपालिका–१, बोटगाउँ घर भइ बकैया हात्तिसुढे बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय प्रेमबहादुर बम्जन कात्तिक २५ गते नचिनेका व्यक्तिहरूको समूहको गोली प्रहारबाट घाइते हुनु भएको छ ।…