'बोक्सी' घटनाका आरोपित गिरफ्तार
४३ वर्षीया महिलालाई ' बोक्सी' भन्दै कुटपिट गरेको आरोपमा बगनासकाली गाउँपालिका-९, चापपानी ग्वासिङका २९ वर्षीय पदम बस्याललाई प्रहरीले ०८१ जेठ ९ गते गिरफ्तार गरेको छ ।
पीडितको आँखामा 'बोक्सी' देखिएको र उक्त 'बोक्सी' भगाउन आरोपितले जेठ ६ गते लौरा र हातले कुटपिट गरी शरीर भरी निलडाम गराएको भन्दै पीडित पक्षले जेठ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुगन्ध श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो । पीडितको स्वास्थ्य उपचार पाल्पा अस्पतालमा भइरहेको छ ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…