कथित बोक्सी आरोप लगाएको कसुरमा १५ दिन कैदको फैसला
वोरिया गाविस-८ की ३८ वर्षीया वेचनीदेवी यादवलाई कथित बोक्सीको आरोपमा कुटपिट र दुर्व्यवहार गरेको कसुरमा सोही ठाउँ बस्ने काकाससुरा ५२ वर्षीय शिवु भनिने शिवनारायण यादवलाई पुनरावेदन अदालतले साउन २७ गते १५ दिन कैद र एक हजार जरिबानाको फैसला गरेको छ ।
पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश उमेश सिंहको संयुक्त इजलासले सो फैसला गरेको अदालतले जनाएको छ । अन्य आरोपितहरू शिवनारायणकी पत्नी ४७ वर्षीया चननवती देवी यादव, निजकी छोरी २२ वर्षीया रेणुकुमारी यादव, ४४ वर्षीय रामकुमार यादव र निजकी पत्नी ३७ वर्षीया तपेश्वरीदेवी यादवलाई भने अदालतले सफाई दिएको छ ।
क्यान्सर रोगका कारण पाँच वर्षअघि मृत्यु भएका आफ्ना पतिको मृत्युको दोष लगाउनेदेखि रुख सुकेको र भैंसी बिरामी भएकोमा समेत टुनामुना गरेको भन्दै ०७१ वैशाख ११ गते र ०७१ असोज १ गते आरोपितहरूले कुटपिट र दुर्व्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७१ वैशाख १५ गते र जिल्ला प्रशासन कार्यालयमा ०७१ असोज ७ गते उजुरी दिएकी थिइन् ।
आरोपितले भने जग्गासम्बन्धी विवादका कारण दुख दिने उद्देश्यले बेचनीदेवीले झुठो आरोप लगाएर आफूविरुद्ध उजुरी दिएको बताए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…